स्वास्थ्य सम्बन्धी मुद्दामा कञ्चनपुरमा विरोध प्रदर्शन

स्वास्थ्य सम्बन्धी मुद्दामा कञ्चनपुरमा विरोध प्रदर्शन

कञ्चनपुर : स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको विकृतिको विरुद्धमा अखिल क्रान्तिकारीले कञ्चनपुरको जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबार विरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारी केन्द्रीय समितिको नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी साम्राज्यवाद, बदलिँदो राजनीतिक सङ्कट, शैक्षिक विकृति लगायत विविध विकृति विसङ्गतिविरुद्ध प्रदर्शन गरिसकेको र यसैको निरन्तरताको क्रममा अखिल क्रान्तिकारी जिल्ला समितिहरूले पनि शुक्रबार सम्पूर्ण नागरिकलाई निःशुल्क खोपको व्यवस्था गर्न, मनोमानी रुपमा निजी मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेजीको माग र आम स्वास्थ्य सम्बन्धी गरिएका दलालीकरण सम्बन्धी विषयको विरुद्धमा प्रदर्शन गरेको छ ।

उक्त कार्यक्रममा अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष ललित एसकेले कार्यक्रम सञ्चालन गरेका थिए भने अखिल (क्रान्तिकारी) का सेती–महाकाली ब्युरो संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि विरेन्द्र शाहले मन्तब्य सहितको कार्यक्रम समापन गरेका थिए । साथै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जप्रेल, पूर्व विद्यार्थी नेता वीरेन्द्र विक लगायत अन्य नेता कार्यकर्ता सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :