अभियान चलाउँदै सङ्गठन सुदृढ गर्दै नेकपा अछाम

अभियान चलाउँदै सङ्गठन सुदृढ गर्दै नेकपा अछाम

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले सुदृढ जनसम्बन्ध तथा सङ्गठन विस्तार अभियानको क्रममा शनिबार ढकारी गाउँपालिकामा पालिका सचिव दर्शनको अध्यक्षतामा पार्टीको २१ सदस्यीय पालिका कमिटी पुनर्गठन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला पार्टी कार्यालय सचिव तथा १ नं. कमाण्ड इन्चार्ज लोकेन्द्र शाही प्रज्वलन रहेका थिए । अन्य अतिथिहरूमा ढकारी गाउँपालिका इन्चार्ज रमेश बिसि ‘समिर’, दलित मुक्ति मोर्चा नेपाल अछामका जिल्ला अध्यक्ष दिलिप विश्वकर्मा, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी जिल्ला संयोजक राजु चलाउने, ढकारी गाउँपालिका पुर्व इन्चार्ज उमेश बुढा, राजबन्दी डबल नेपाली, कमला विक, सहिद परिवारबाट लोकेन्द्र नेपाली, पुर्व वडा प्रमुख तथा समाजसेवी अमर थापा लगायत रहेका थिए ।

कार्यक्रममा करिव ६५ जना भन्दा बढी नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक समाजसेवी व्यक्तिको प्रत्यक्ष सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले नेपालको संसदीय व्यवस्था र राजनितिले जनतामा अन्याय र अत्याचार मात्र थोपरिरहेको बताए । ऊनले जबससम्म देशमा वैज्ञानिक समाजवाद स्थापना हुँदैन तबसम्म परिणाम सकारात्मक ननिस्कने भन्दै संसदीय व्यवस्थाले तीन दशकदेखि राष्ट्रघात, भ्रष्टाचार र महँगी जनतालाई उपहार स्वरूप दिइरहेको उनको भनाई थियो । विद्यमान मुलुकको सङ्कटको समाधान वैज्ञानिक समाजवादमा मात्र हुने भएकाले सबै देशभक्त प्रगतिशील राष्ट्रवादी, वामपन्थी शक्तिहरू अब एकीकृत जनक्रान्तिको बाटोमा ध्रुविकृत हुनुको विकल्प नरहेको उनले स्पष्ट पारे । यस्तै कार्यक्रमलाई दलित मुक्ति मोर्चा अछामका अध्यक्ष दिलिप बिक, युवा सङ्गठन अछामका सचिव कुमार क्षेत्री, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी जिल्ला संयोजक राजु चलाउने, ढकारी गाउँपालिका पुर्व इन्चार्ज उमेश बुढा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमबाट दर्शन नेपालीको अध्यक्षतामा २१ सदस्यीय पार्टीको गाउँ कमिटी पुनर्गठन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :