नेकपा बाराद्वारा सापकोटाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

नेकपा बाराद्वारा सापकोटाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति बाराले अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) बारा जिल्लाका संयोजक कृष्णप्रसाद सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।

बारा जिल्ला इन्चार्ज सुलभ र सेक्रेटरी रक्तिमले शनिबार श्रद्धाञ्जली वक्तव्यमार्फत बारा जिल्लाको निजगढ—२ बस्दै आउनु भएका कृष्णको मृत्युले क्रान्तिकारी किसान आन्दोलन र नेपाली क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्तिका लागि अपूरणीय क्षति पुगेको भन्दै सापकोटाप्रति गहिरो र भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । सापकोटाको साउन १३ गते काठमाडौँको बीर अस्पतालमा कोरोना भाइरसको उपचार गर्दागर्दै निधन भएको थियो ।

बारा जिल्ला इन्चार्ज सुलभ र सेक्रेटरी रक्तिमले शोक वक्तव्यमा भनेका छन्, ‘नेपाली गरिब किसानहरूको मुक्तिकाखातिर गठित सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) बारा जिल्लाका संयोजक कमरेड कृष्णप्रसाद सापकोटा कोभिडको उपचार गर्दैगर्दा यही साउन १३ गते बीर अस्पतालमा भएको मृत्युले सिङ्गो पार्टी मर्माहत तुल्याएको छ । बारा जिल्लाको निजगढ—२ बस्दै आउनु भएका कमरेड कृष्णको मृत्युले क्रान्तिकारी किसान आन्दोलन र नेपाली क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्तिकालागि अपूरणीय क्षति पुगेको छ । यस दुःखत घडिमा उहाँप्रति गहिरो र भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै सम्पूर्ण परिवारमा पर्न गएको दुःखप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :