महाकाली नदीमा बेपत्ता भएका धामीको यथार्थ घटना सार्वजनिक गर : लोहनी

महाकाली नदीमा बेपत्ता भएका धामीको यथार्थ घटना सार्वजनिक गर : लोहनी

काठमाडौँ : राष्ट्रिय जागरण मञ्च, नेपालले भारतीय सुरक्षा बलले तुइन बाटिदिएका कारण महाकाली नदीमा खसी बेपत्ता भएका जयसिंह धामीको तीब्र खोजी, उनको परिवारलाई तत्कालकालागि राहत र सरकारले यथार्थ घटनालाई सार्वजनिक गर्दै भारतसँग स्पष्टिकरण माग्न जोडदार माग गरेको छ ।

राष्ट्रिय जागरण मञ्च, नेपालका संयोजक गुणराज लोहनीले शनिबार प्रेस विज्ञप्ति निकाली दार्चुला, व्यास गाउँपालिका राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी मालघाटस्थित तुइनबाट महाकाली तर्नेक्रममा भारतीय सुरक्षा बलले तुइन बाटिदिएका कारण महाकाली नदीमा खसी बेपत्ता भएको खबरले हामीलाई मर्माहित बनाएको भन्दै यस्तो अमानवीय हर्कत गर्ने भारतीय सुरक्षा बलप्रति आक्रोस व्यक्त गरेका हुन् । साथै ‘प्रतिगमन सचिएर बनेको’ सरकारले अमेरिकी हिन्द-प्रशान्त रणनीति अन्तर्गत आएको मिलेनियक च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गराउन तयारी गरिराखेको उक्त कार्य तुरुन्त बन्द गर्न जोडदार मागसमेत गरेका छन् ।

राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले विज्ञप्तिमा भनेका छन्, ‘शुक्रबारका दिन आफ्नै जिल्लाको सदरमुकार जान हिडेका दार्चुला, व्यास गाउँपालिका राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी मालघाटस्थित तुइनबाट महाकाली तर्नेक्रममा भारतीय सुरक्षा बलले तुइन बाटिदिएका कारण महाकाली नदीमा खसी बेपत्ता भएको खबरले हामीलाई मर्माहित बनाएको छ । साथै यस्तो अमानवीय हर्कत गर्ने भारतीय सुरक्षा बलप्रति हामी आक्रोसित भएका छौँ । माथिको निन्दनीय कार्यले राष्ट्रपतिद्वारा ‘तुइन बिहीन’ घोषणालाई गिज्याएको छ । २०७७ साल जेठमा सबै पार्टी मिलेर संसद्बाट पारित गरिएको चुच्चे नक्सापछि भारतीय शासकहरूको नेपाली भूलोगमाथिको अतिक्रमण झनै बढेको छ । नेपाली जनजीवनमा झनै त्रास पैदा भएको छ ।’

मञ्चका संयोजक लोहनीले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘हाम्रो मञ्च बेपत्ता जयसिंह धामीको तीब्र खोजी, उनको परिवारलाई तत्कालकालागि राहत र सरकारले यथार्थ घटनालाई सार्वजनिक गर्दै भारतसँग स्पष्टिकरण माग्न जोडदार माग गर्दछौँ । यही सन्दर्भमा ‘प्रतिगमन सचिएर बनेको’ सरकारले अमेरिकी हिन्द-प्रशान्त रणनीति अन्तर्गत आएको मिलेनियक च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गराउन तयारी गरिराखेको छ, उक्त कार्य तुरुन्त बन्द गर्न पनि जोडदार माग गर्दछौँ ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ…..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :