सिन्धुपाल्चोक र दोलखामा प्रहरीको हस्तक्षेपका बाबजुद प्रदर्शन कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक र दोलखामा प्रहरीको हस्तक्षेपका बाबजुद प्रदर्शन कार्यक्रम सम्पन्न

भारतीय एसएसबीले दार्चुलाका जयसिंहको धामीको हत्या गरेको विरोधमा सिन्धुपाल्चोक र दोलखामा आयोजना गरेको प्रदर्शन कार्यक्रम प्रहरीको हस्तक्षेपका बाबजुद सम्पन्न भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे बजारको बस पार्कबाट नारा, जुलुससहित अगाडि बढेको प्रदर्शन कार्यक्रमलाई इलाका प्रहरी वृत बाह्रबिसेको प्रहरीले रोक्न खोज्दा पनि त्यसलाई प्रतिकार गर्दै सहभागीहरुले प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन् । नारा जुलुससहित भएको कोणसभालाई पार्टीका जिल्ला सचिव युगीनले सम्बोधन गरेका थिए ।

सभामा बोल्दै युगीनले भारतीय हस्तक्षेप तत्काल बन्द गर्न र भारतीय साम्राज्यवादको यस्तो कायरतापूर्ण दमनका विरुद्ध सबै नेपाली एकजुट भएर सामाना गर्न पनि अपिल गरेका थिए । उनले सबै देशभक्त , प्रगतिशील, राष्ट्रप्रेमी नेपाली जनता एकताबद्ध भएर नेपालको रक्षाको निम्ति लड्ने समय आएको र जसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी गर्ने पनि उद्घोष गरे । कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य मुकुन्द श्रेष्ठले गरेका थिए ।

प्रदर्शनमा युवा संगठनका जिल्ला संयोजक सुमन, जिल्ला सदस्य अमर लगायत स्थानिय जनताको उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।

त्यसैगरी दोलखामा पनि प्रहरीको हस्तक्षेपका बाबजुद प्रदर्शन कार्यक्रम सम्पन्न भएको नेकपा दाेलखाले जनाएकाे छ ।
भारतीय सुरक्षाबलले दार्चुलाको जयसिह धामीको तुइन काटि हत्या गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी दोलखाले आज शनिबार सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दोलखा सचिव विनय शर्मा, पूर्ब जिल्ला इन्चार्ज यादब दाहाल लगायत नेकपाका कार्यकता तथा जनसमुदायसहित नेताहरुको उल्लेखनीय सहभागितामा विरोध प्रदर्शन कोण सभामा सम्पन्न भएको छ । विरोध सभामा जिल्ला सचिव विनय शर्माले भारतिय सुरक्षा बलले नेपाल र नेपाली माथि यस्तै प्रकारको ज्यादती कायमै रहे आफ्नो पार्टीले नेपाली जनतालाई एक गराउदै प्रतिरोधमा उत्रने उद्धोष गरे । उक्त कार्यक्रमको सन्चालन राजकुमारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :