जयसिंह धामीको हत्याको विरोधमा नेकपाद्वारा काठमाडाैँमा प्रदर्शन

जयसिंह धामीको हत्याको विरोधमा नेकपाद्वारा काठमाडाैँमा प्रदर्शन

भारतीय एसएसबीद्वारा दार्जुलाका जयसिंह धामीको हत्या गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन गरेको छ । भारतीय सिमा सुरक्षा बल एसएसबीप्रति आक्रोशित हुँदै नेपाल कम्युनिष्ट पार्टीले काठमाडाैँको शान्तिबाटिकामा नाराजुलुससहित विरोध प्रदर्शन गरेको छ । दार्जुलाको घटना अमानवीय र निन्दनीय रहेको भन्दै कार्यक्रममा सहभागीहरुले भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपालीमाथिको हत्या हिंसा बन्द गर, सिमा सुरक्षाको ग्यारेन्टी गर, सिमानामा काँडेतारको व्यवस्था गर, जयसिंह धामीको ङटनाकाे छानबिन गर, जयसिंहलाई सहिद घोषणा गर लगायतका नारा जुलुस गर्दै प्रदर्शनलाई कोणसभामा परिणत गरेका थिए ।

कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नविनले सम्बोधन गर्दै एसएसबीद्वारा नेपाली युवालाई बेपत्ता बनाएको घटना दर्दनाक, अमानवीय रहेको भन्दै घटनाको घोर भत्सर्ना गरे । यो प्रदर्शन प्रतिकात्मक कार्यक्रम मात्र रहेका भन्दै वास्तविक न्यायको लागि न्यायको लडाई नै आवश्यक रहेको बताए । पटकपटकको भारतीय साम्राज्यवादको ज्यादती अब नेपालीहरुलाई सैह्य नहुने भन्दै उनले अब न्यायका लागि न्यायको लडाई अघि बढ्ने चेतावनी दिए । शोषणकारी संसदीय दलाल पुजीवादी व्यवस्थाको निरीहका कारण भारतीय हस्तक्षेप बढिरहेको भन्दै उनले अब यो हस्तक्षेपका विरुद्ध र यो व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्थाका लागि बरु ज्यानै दिन परे पनि तयार रहेको बताए ।

प्रदर्शन कार्यक्रममा पार्टीका काठमाडौँ सेक्रेटरी राजेन्द्र महर्जनले पनि सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का महासचिव प्रकाश शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :