दार्चुला घटनाका दोषीलाई कारवाही नगरे जनसङ्घर्ष गर्ने चार कम्युनिस्ट पार्टीको चेतावनी

काठमाडौँ : चार कम्युनिस्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईन काटेर दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटबाट ३५ बर्षीय नेपाली युवा जयसिंह धामीलाई महाकालीमा खसालेर बेपता बनाएको घटना अमानवीय, आततयी र बर्बरतापूर्ण घटनाको कडा निन्दा र भत्र्सना गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुतिले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले शनिबार संयुक्त विज्ञप्तिमार्फत उक्त घटना नेपाली राष्ट्रिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप भएको भन्दै बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न र दोषीलाई कडा भन्दा कडा कारवाही नगरे जनसङ्घर्ष गर्ने चेतावनी दिएका हुन् ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हिजो दार्चुला जिल्ला व्यास गाउँपालिका वडा न. २ का ३५ बर्षीय नेपाली नागरिक जयसिंह धामी भारतको उत्तराखण्ड राज्यको पांगन जाने क्रममा मालाघाटमा महाकाली नदीमा तुईन तर्दा भारतीय सिमा सुरक्षा बल (SSB) ले पांगन तिरको तुईन फुत्काउँदा जयसिंह धामी नदीमा खरेर हालसम्म बेपत्ता हुनुहुन्छ । यो अमानवीय, आततयी र बर्बरतापूर्ण घटनाको हामी चार कम्युनिस्ट पार्टी कडा निन्दा र भ्रत्र्सना गर्दछौँ । यो घटना नेपाली राष्ट्रिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र र हस्तक्षेप हो । यो घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शिघ्रातिसिघ्र कारवाही गर्न विश्वासिलो छानविन अगाडि बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौँ ।

प्रेस विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘मालाघाट तुईन घटना नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वनिर्णयको अधिकारको विरुद्ध हेपाहा र षड्यन्त्रमूलक घटना भएको हुनाले राष्ट्रिय मुक्ति र जनमुक्तिका पक्षधर आम नेपाली जनतालाई यसको डटेर प्रतिरोध गर्न विशेष आह्वान गर्दछौँ । यथासक्य घटनाको वास्तविकता नेपाली जनताको बीचमा सार्वजनिक गर्न र दोषीमाथि कारवाही गर्न ढिला गरियो भने हामी चार पार्टी जनसङ्घर्षमा जान बाध्य हुनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :