अखिल क्रान्तिकारी पाल्पाद्वारा प्रदर्शन

अखिल क्रान्तिकारी पाल्पाद्वारा प्रदर्शन

पाल्पा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पाल्पाले पाल्पामा प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी) द्वारा स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाको विकृतिविरुद्ध विरोध प्रदर्शन गरेको हो ।

पाल्पाको मुझुङमा प्लेकार्ड बोकेर विद्यार्थीहरू सडकमा उत्रेका थिए । उनीहरूले मेडिकल कलेजहरूमा भएको विकृति एवम् कर्मचारीहरू माथि भएको अन्यायका बिषयमा समस्या समाधानका लागि दबाबमूलक प्रदर्शन गरेको जिल्ला अध्यक्ष लंकबहादुर रानाले बताए । प्रदर्शनको कार्यक्रम उपाध्यक्ष सुदिप विकको नेतृत्वमा सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :