जनपत्रकार सङ्गठन, पाल्पाको दोस्रो पूर्ण बैठक सम्पन्न

जनपत्रकार सङ्गठन, पाल्पाको दोस्रो पूर्ण बैठक सम्पन्न

पाल्पा : जनपत्रकार सङ्गठन नेपाल, पाल्पाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

उक्त बैठकमा श्रमजीवी पत्रकारहरूको हक हितको पक्षमा सङ्घर्ष गर्ने, नेपाल पत्रकार महासङ्घको सदस्यता प्राप्तिका लागि सङ्घर्ष गर्ने, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सङ्घर्ष गर्ने, सरकारले ल्याएको प्रेस विरोधी विधेयक बिरुद्धमा संयुक्त सङ्घर्ष गर्ने, राज्यद्वारा गरिने अभिव्यक्ति स्वतन्त्रता माथिको दमन र समाचार सम्प्रेषण माथि लगाउने अङ्कुशका बिरुद्धमा सङ्घर्ष गर्ने, संयुक्त सङ्घर्ष समिति निर्माणको पहल गरी सङ्घीय राज्यले ल्याएको पत्रकारिता सम्बन्धी बिधेयका बिषयमा सङ्घर्ष गर्ने, पत्रकारिता गर्न चाहने र पढ्न चाहनेका लागि अभिबृद्धि तालिम तथा गोष्ठी सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।

सो बैठकमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभातले पत्रकारिता वर्गीय पक्षधरता भएको हुनाले जनपत्रकार सङ्गठन नेपालमा आबद्ध सम्पूर्ण पत्रकारहरूले राष्ट्रघात, जनघात, महङ्गी, भ्रष्टाचार, मूल्यबृद्धि, बलात्कार, छुवाछूत, सामाजिक अपराधका विरुद्धमा कलम चलाउन र पत्रकारिता गर्न आग्रह गरे । यस्तै उनले गरिब जनता, उत्पीडित जनताहरूको पक्षमा पनि पत्रकारिता गर्नसमेत आग्रह गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी, तानसेन नगरपालिका इन्चार्ज सुमन खत्री, युवा सङ्गठन पाल्पाका अध्यक्ष लिला सारु र जनपत्रकार सङ्गठन, पाल्पाका इन्चार्ज मुक्ति गैरे अतिथिको रुपमा बैठकमा सहभागी भएका थिए भने बैठकको अध्यक्षता तथा सञ्चालन सङ्गठनकी जिल्ला अध्यक्ष किश्मा खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :