जनता युद्ध चाहन्नन् तर शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद नआए, विद्रोहमा जान्छन् : पुन

जनता युद्ध चाहन्नन् तर शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद नआए, विद्रोहमा जान्छन् : पुन

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले संसदीय व्यवस्था फेल भइसकेको र जनताले देशमा वैज्ञानिक समाजवादी व्यवस्था चाहिरहेको बताएका छन् । संसदीय व्यवस्थामा लिप्त भइसकेका केही दलालहरूले वैज्ञानिक समाजवादको विरोध गर्दै आइरहेका पनि उनले बताए ।

पुनले अहिलेको यो अवस्थामा कुनै पनि नागरिकले युद्ध र हिंसा नचाहेकाले आफुहरू शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद प्राप्तिको बाटो तिर लागेको बताए । जनतालाई गुम्राहमा नराखि एक चोटी आफूले चाहेको राज्य व्यवस्था चुन्ने अधिकार जनमतसङ्ग्रहबाट जनतालाई नै दिनुपर्ने बताएका छन् । यदि जनमतसङ्ग्रह र शान्तिपूर्ण सङ्घर्षबाट देश वैज्ञानिक समाजवाद तर्फ नगए जनताले वैज्ञानिक समाजवाद स्थापनाको लागि विद्रोह गर्ने र आफूहरू पनि विद्रोहको लागि तयार रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराको आयोजनामा शुक्रबार आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै नेकपा नेता पुनले यस्तो भनेका हुन् । उनले आफूहरूले परिकल्ना गरेको बैज्ञानिक समाजवाद कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मन्त्री सहितको हुनुपर्ने बताए । नेता पुनले समाजवादमा सबैलाई बस्नका लागि अनिवार्य घर हुनुपर्ने तथा बाँकी रहेको कृषि योग्य जमिन सरकारी करण गरेर कृषि काम गर्नेलाई दिनुपर्ने बताए । केन्द्रीय सदस्य पुनले समाजवादमा व्यवसाय तथा उद्योग धन्दा गर्नेलाई राज्यले लगानी गरिदिनुपर्ने बताए । उनले आफ्नो पार्टी उत्पादनका क्षेत्रमा केही काम गरिरहेको समेत बताए ।

नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराको १६ औँ बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन कार्यक्रममा नेता पुनले यस्तो धारण राखेका हुन् । उनले प्रचण्ड नेतृत्वको माओवादी र नेकपा एमालेका कारण कम्युनिस्ट आन्दोलन बदनाम भएको बताए । १६ औँ बैठकले विभिन्न १० बुँदे निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । बैठकले पार्टीले सारेका प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादको राजनीतिक कार्यनितिलाई बहसको रुपमा जनता माँझ लैजाने निर्णय गरेको जानकारी दिए । पार्टी सुद्धिकरण र सुदृढीकरण सहितको एकता गर्ने, एमसीसी परियोजनाको विरोध तथा लिम्पियाधुरा सहितको चुच्चे नक्साको कार्यान्वयन गर्न माग गर्ने निर्णय गरेको छ । बैठकले डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिका क्षेत्रबाट हुने अबैध काठ तस्करी र चोरी निकासी रोक्न सम्बन्धीत निकायसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :