नेकपा थाहा नगरपालिकाको दोस्रो बैठक सम्पन्न

नेकपा थाहा नगरपालिकाको दोस्रो बैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी थाहा नगरपालिका समिति मकवानपुरको दोस्रो पूर्ण बैठक शुक्रबार सम्पन्न भएको छ । नेकपा मकवानपुरको १७ औँ पूर्ण बैठकले तोकेको मिति अनुसार थाहा नगरपालिका समितिको बैठक पालुङमा बसेको हो ।

नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका जिल्ला सेक्रेटरी वाटरको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । रिपोर्टिङको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै बैठकका प्रमुख अतिथि वाटरले अब प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह हुँदै वैज्ञानिक समाजवादसम्म पुग्न जनता र पार्टीबीचको सम्बन्धलाई मजबुद बनाउँदै सम्पूर्ण नगर समिति सदस्यहरू सम्बन्धित कार्यक्षेत्रमा प्रत्यक्ष उपस्थित भई जनतासँग जोडिएर काम गर्नुपर्ने बताए । उनले हिजो हाम्रो पार्टीलाई सरकारले दमन गर्दै गर्दा, प्रतिबन्ध लगाउँदै गर्दा, पार्टी कार्यकर्ताको खेदो गर्दै गर्दा जनताले हर तरहले साथ दिएको, मन पराएको कारण आज तीनबुँदे सहमतिको माध्यम हुँदै यहाँसम्म आइपुगेको कुरा पनि बताए । वाटरले अब शान्तिपूर्ण ढङ्गले खुल्ला राजनीतिक मैदानमा सबैसँग वार्ता, वहस र छलफल गरी प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रहको बाटो हुँदै यो असफल सिद्ध भएको संसदीय व्यवस्थाको वैकल्पिक व्यवस्था वैज्ञानिक समाजवाद सम्म पुग्नका लागि सबै पार्टी कार्यकर्ता क्रियाशील भई कार्यक्षेत्रमा निरन्तर लगनशील भएर लाग्नुपर्ने बताए ।

बैठकले ९ सदस्यीय नगर समिति गठन गरेको छ । त्यस्तै बैठकले थाहा नगर समिति सदस्यहरूलाई विभिन्न वडाका सेक्रेटरीको जिम्मेवारी दिएको छ । यसरी थाहा नगरपालिकाका सेक्रेटरी विक्रम मगरको सभाध्यक्षतामा बसेको बैठक विभिन्न महत्वपूर्ण निर्णयका साथ समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :