अछामको ढकारी गाउँपालिकामा युवा सङ्गठनको भेला सम्पन्न

अछामको ढकारी गाउँपालिकामा युवा सङ्गठनको भेला सम्पन्न

अछाम : युवा सङ्गठन नेपाल अछामले जिल्लाको ढकारी गाउँपालिकामा उमेश बुढाको अध्यक्षतामा ११ सदस्यीय गाउँ समिति गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला पार्टी कार्यालय सचिव लोकेन्द्र शाही ‘प्रज्वलन’ को प्रमुख आतिथ्यमा सम्पन्न युवा भेलाबाट समिति गठन गरेको हो ।

युवा भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले वर्तमान राज्यव्यवस्थाले युवालाई विदेश पलायन गरेर रेमिटेन्समा भ्रष्टाचार गरिरहेको भन्दै व्यवस्था परिवर्तनका निम्ति युवाहरूलाई एकीकृत जनक्रान्तिको झण्डामूनि गोलबन्द हुन आव्हान् गरे । युवाहरूलाई देशमै रोजगार व्यवस्थापन गर्नुको साटो वैदेशिक रोजगार खुलाउँदा गर्व गर्ने नेता र सरकार रहेसम्म देशको विकास नहुने उनले ठोकुवा गरे ।

एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि युवाहरूको महत्वपूर्ण योगदान हुने बताउँदै युवा सङ्गठन नेपाल अछामका सचिव कुमार क्षेत्रीले अब युवाहरूले भ्रष्टाचार र राष्ट्रघातका विरुद्ध सशक्त सङ्घर्ष गर्नुपर्ने बेला भएको बताए । ठूलो युवाशक्ति लागूऔषधको दुव्र्यसनमा फसिरहेको भन्दै युवाहरूमा जनचेतना फैलाउनुपर्ने उनको भनाई थियो ।

उक्त कार्यक्रमको सञ्चालन खकेन्द्र बुढाले गरेका थिए भने देवेन्द्र बुढाले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :