नेकपा डडेल्धुराको सम्पर्क कार्यालय उद्घाटन

डडेल्धुरा : नेपाल कम्युनिस्ट पार्टी डडेल्धुराले सदरमुकामको विद्युतरोडमा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा डडेल्धुरा जिल्ला इन्चार्ज ओमप्रकाश पुनले शुक्रबार उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पुनले नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्थाको खारेज गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि एकजुट हुन अपिल गरेका छन् ।

उक्त उद्घाटन समारोहमा नेकपाका केन्द्रीय सदस्य डबल शाह, नेकपाका डडेल्धुरा जिल्ला सचिव टिका राना, जनपत्रकार सङ्गठन डडेल्धुराका संयोजक मनोज रावत लगायतका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थितिसहिा स्थानीय जनताहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :