दलित मुक्ति र दलित उन्मूलन

दलित मुक्ति र दलित उन्मूलन

हिन्दु वर्णाश्रम व्यवस्थामा आधारित भारतीय समाजजस्तै नेपालमा पनि दलित समस्या जटिल छ । दलितमाथिको उत्पीडन र त्यसबाट कसरी मुक्ति पाउने भत्रेबारेमा गहिरा खोजहरू भएका छन् । सामाजिक अपमानसहित, आर्थिक विपत्रता, राजनीतिक आश्रित अवस्थामा रहेका नेपाली दलित समुदायलाई सामाजिक, सांस्कृतिक, आर्थिक उत्पीडनबाट कसरी मुक्त गर्ने, कसरी पूर्ण रूपले मुक्ति प्राप्त गर्ने भत्रे विषयमा धेरै क्षेत्रबाट ठूला प्रयत्नहरू भइरहेका छन् । पहिलो प्रयत्न नेपालका सबैजसो राजनीतिक पार्टीहरूबाट भैरहेको छ । दोस्रो प्रयत्न नेपाल सरकारबाट भइरहेको छ । तेस्रो प्रयत्न नेपालमा चलेका गैरसरकारी संस्था (एनजीओ), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) हरू बाट भैरहेको छ । चौथो प्रयत्न नेपालका सञ्चार माध्यमहरूबाट भैरहेको छ । पाँचौँ प्रयत्न कतिपय व्यक्तिहरूको व्यक्तिगत पहलकदमीबाट भइरहेको छ । यी सबै प्रयत्नहरूको उद्देश्य नेपालको दलित अवस्थामा रहेका लाखौँ जनताको पूर्ण सामाजिक सम्मान, आर्थिक समृद्धि, राजनीतिक सहभागिता कसरी सुनिश्चित गर्ने भत्रे विषयमा केन्द्रित रहेको छ ।

सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी, बुर्जुवा जनवादी पार्टीहरू र व्यक्तिहरूले दलित समस्या समाधान गर्नका लागि जुन प्रकारको नीति र कार्यक्रमहरू तर्जुमा गरेका छन् उनीहरूका सबै प्रयत्नहरू अन्ततः नेपालमा जरा गाडेको सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवादी उत्पीडनकारी नीति, ‘फुटाऊ र राज गर’ जस्तो षड्यन्त्रको सिकार भैरहेका छन् । यसप्रकारको कामबाट न केबल दलित समुदायको समस्याको वास्तविक समाधान भेट्टाउन असम्भव हुनेछ सथसाथै उनीहरूका नीति र कार्यक्रमहरूले दलित समुदायलाई नै विभाजित गर्न पुगेको छ । एकातिर आमजनसमुदाय आफ्नो वास्तविक मुक्तिका लागि सङ्घर्ष गर्ने र अर्कोतिर समुदायका समस्याहरूबाट फाइदा उठाउँदै केही कुलीन मानिसको जन्म हुन जाने स्थिति बनेको छ । वास्तवमा बुर्जुवा कार्यनीतिका यी प्रयत्नहरू दलितमाथि हुने अत्याचारको उन्मूलन होइन, त्यसको निरन्तरतामा लैजाने षड्यन्त्रमा पतन हुन पुग्छन् । यसप्रकारको षड्यन्त्रबाट कुनै प्रकारको मुक्ति सम्भव छैन भत्रे कुरा प्रस्टै छ । हामीले नेपालको ऐतिहासिक पृष्ठभूमिबाट विषयलाई केलाउँदै दलित प्रथाको उन्मूलन गर्न जातव्यवस्था उन्मूलन गर्नु नै सबैभन्दा वैज्ञानिक हुनसक्छ ।

नेपालमा दलित प्रथाको सङ्क्षिप्त सिंहावलोकन

नेपालको दलित समस्या भारतको वर्णाश्रम व्यवस्थाबाट सल्किएको रोग हो । भारतीय समाजमा तत्कालीन समाजशास्त्री मनुले रेखाङ्कन गरेको हिन्दु संस्कृतिअनुसार समाजलाई श्रेणीबद्ध गरिएको छ । हिन्दु पौराणिक कथाअनुसार वर्णाश्रम व्यवस्थामा ब्रनह्मण, क्षेत्री, वैश्य र शूद्र चार जात विष्णु भगवान्को शिर, वक्षस्थल, उदर र पाउबाट पैदा भएको मानिन्छ । ब्राह्मणले समाजमा नीतिनियम बनाउने, क्षेत्रीले सैन्य र शासकीय काम गर्ने, वैश्यले व्यापारव्यवसाय गर्ने र शूद्र जातले उत्पादन गर्ने व्यवस्था गरियो । यसवाट वर्णाश्रम व्यवस्थाको स्रोत तत्कालीन समाजको श्रम विभाजन थियो भत्रे देखापर्छ । श्रम विभाजनको यो प्रक्रियामा सुरुका दिनहरूमा यो कार्यविभाजन मात्र भएको देखिन्छ । श्रम विभाजनमा आधारित कामहरूको सामाजिक बाँडफाँट गरिए पनि भारतवर्षमा मनुस्मृति लेखिँदासम्म र जात व्यवस्थालाई व्यवस्थित गरिँदासम्म जातहरूका बीचमा उचो–निचो, छूत–अछूत थिएन भत्रे देखिन्छ । हिन्दु वर्णाश्रम व्यवस्था सुव्यवस्थित गरिएपछि मात्रै व्यवस्थित रूपमा उचनिच, छूत–अछूत गरिएको पाइन्छ । जात प्रथामा दलितलाई अछूत जातका रूपमा व्यवहार गरिन्छ र त्योभन्दा माथिका जातहरू पनि श्रेणीबद्ध हुन्छन् ।

समाज विज्ञानले प्रमाणित गरेको कुरा के हो भने नेपालको जात व्यवस्थाको आधार श्रम विभाजन थियो भलै यसलाई जातका रूपमा पछि विकास गरिएको थियो । भारतमा जसरी जात प्रथा छूत–अछूतका रूपमा विकास भयो, पछि त्यो नेपालमा पनि प्रवेश गर्यो ।

दलित

नेपालमा दलित भनेर अछूत जातलाई भत्रे गरिथ्यो र त्यसको अवशेष अहिले पनि विद्यमान छ । यो प्रथा नेपालका हिन्दु धर्मावलम्बीहरू र मुख्य गरी आर्य जाति र द्रविड जातिका मानिसहरूमा विद्यमान छ । जात प्रथाबारे अध्ययन गर्नेहरूले सङ्कलन गरेअनुसार नेपालमा करिब १३२ थरहरू दलित जातभित्र पर्छन् । यी सबै कसरी दलित भए त्यसको छुट्टै प्रकारको पृष्ठभूमि छ । नेपालमा वर्णाश्रम व्यवस्था स्थापित भएपछि समाजमा कारबाही परेकाहरूलाई पनि दलित बनाउने प्रचलन बनेको देखिन्छ । ब्राह्मणले दलितको हातबाट पानी पिउने, दलितकी छोरी विवाह गर्ने वा दलितको छोरासँग विवाह गर्ने, सँगै बसरे खाना खाने अवस्था देखिँदा उनीहरूको जात खसालिएको हुन्थ्यो । कतिपय मानिसहरूलाई सामाजिक अपराध गरेबापत उसको जातबाट खसालेर सजाय दिने न्यायप्रणाली र सामाजिक प्रचलन नेपालमा भएको पाइन्छ । यो प्रचलन र सामाजिक प्रक्रिया नेपालको मङ्गोल जातिमा देखा पर्दैन, केवल आर्य जाति र द्रबिडका बीचमा मात्र दलित भएको देखापर्छ । मङ्गोल जाति नेपालमा उत्तरबाट प्रवेश गरेको, आर्य जाति पश्चिबाट प्रवेश गरेको र द्रविड दक्षिणबाट प्रवेश गरेकाले उनीहरूले नै भारतबाट यो जात–पातको संस्कृति आयात गरेको स्पष्ट हुन्छ । यसबाट स्पष्ट हुन्छ– भारतमा जस्तो नेपालमा शूद्र जातको कुनै न्यायोचित आधार (dignified base) बनेको थिएन ।

नेपालमा दलित भनेर जुन समुदायलाई भनिन्छ भारतको जस्तो छुट्टै जातिका रूपमा दलित भएको देखिँदैन । ऐतिहासिक रूपमा राज्यसत्ताबाट पराजित, युद्धबाट सम्पत्ति खोसिएको छुट्टै प्रकारको जाति नेपालमा दलित भएको पाइँदैन । नेपालका दलितहरू तिनै परिवारबाट उछिट्टिएका मानिसहरू हुन् जो मानिसहरू ब्राह्मण, क्षेत्रीहरू छन् जो नेपालका सन्दर्भमा शासक जाति हो । वास्तवमा नेपालका बाहुन, क्षेत्रीहरू जुन गोत्रका मानिसहरू हुन्, त्यही गोत्रका मानिसहरू दलित बनाइएका छन् । त्यसकारण पनि नेपालका दलितहरू भारतको जस्तो जाति नभएर एउटा उत्पीडित समुदाय हो ।

उत्पादन

दलित जातमा विशेषगरी उत्पादनको काम गर्ने श्रमजीवीहरूलाई वर्गीकृत गरेको देखिन्छ । नेपालको उत्पादनका साधनहरू अत्यन्त पिछडिएको अवस्थामा रहनु र त्यसप्रकारका उत्पादनका साधनको प्रयोग गरिने कामलाई तल्लो स्तरको कामका रूपमा हेरिने भएकाले त्यो काम गर्ने वास्तविक सर्वहारा वर्गलाई दलित भनिएको देखिन्छ । वास्तवमा नेपालमा जुत्ता सिउनेलाई सार्की, कपडा सिलाउनेलाई दमाई, आरनमा काम गर्नेलाई कामी, सुनको काम गर्नेलाई सुनार, बाजा बजाउनेलाई हुड्केजस्ता पदवीहरू दिने गरेको पाइन्छ र तिनै पदवीहरू पछि थर भएको पाइन्छ । त्यस्तै जनावरको चर्म (छाला) को काम गर्नेलाई चमार, सरसफाइ गर्नेलाई मेत्तर भनेको पाइन्छ । नेपालमा यसप्रकारका कामहरू निम्नस्तरका हुने भएको कारण यी काम गर्नेहरू सबैलाई दलित बनाएको पाइन्छ ।

उत्पादनको काम गर्ने मानिसको परिवारलाई जातका रूपमा परिभाषित गरेपछि उनीहरूले नीति निर्माण र राजकाज गर्न नपाउने व्यवस्था गरेको देखिन्छ । नेपालको सामाजिक कानुनमा शूद्र जातिले संस्कृतका श्लोकहरू सुन्यो भने उसको कानमा एक किलो सिसा पगालेर हालिदिने सजाय दिइन्थ्यो भत्रे इतिहास नेपालको छ । यसको तात्पर्य के थियो भने दलित जातका मानिसहरूलाई पढ्ने, नीतिनियमहरू बनाउने, राजकाजको काम गर्ने सामाजिक अधिकार थिएन र उनीहरूले काम गर्नेबाहेक माथिल्लो जातिका मानिसहरू हिँड्ने बाटोमा समेत हिँड्न प्रतिबन्ध थियो । उनीहरूले माथिल्लो जातका मानिसहरूले प्रयोग गर्ने भाँडा, औजार र घरबाससमेत प्रयोग गर्न पाउँदैनथे । उनीहरूले छोएको पानी चल्दैनथ्यो । देशको संविधान र कानुनले प्रतिबन्ध गर्नुका बाबजुद यो प्रचलन नेपालमा अहिले पनि विद्यमान छ ।
वितरण

असमान प्रकारको वितरणका कारण नेपालका दलित जातमा पारिएका जनताहरू अत्यन्त गरिब हुने गरेका हुन् । नेपालका केही भागहरूमा दलितको जीविका उनीहरूको समाजमा रहेका उच्च जातका मानिसहरूको वर्षभरिको काम गरेबापत आउने ‘बाली’ उठाएर गर्नुपथ्र्यो । यसप्रकारको काम गर्ने मानिसलाई ‘बालीघरे’ भनिन्थ्यो । जस्तो कि दमाईले वर्षभरि कपडा सिलाउने, कामीले आरनसँग सम्बन्धित कामहरू गर्ने, सार्कीले जुत्ता सिलाइदिनेजस्ता कामहरूका लागि बालीघरे राख्ने चलन थियो र उनीहरूको जीविका त्यसैबाट चलाउनुपथ्र्यो । दलित जातको मानिसले राम्रो उत्पादनशील जमिनमा आधिपत्य गर्न सक्दैनथ्यो किनकि राम्रो जमिनजति सबै उच्च जातका मानिसहरूले आफ्नो सम्पत्तिका रूपमा ग्रहण गरेका हुन्थे । यसरी नेपालको दलित जातका जनताको क्षेत्रमा वितरणप्रणाली हरेक क्षेत्रमा सभ्य समाजका लागि आपत्तिजनक थियो । यसप्रकारको उत्पीडनको अन्त्य गर्न नेपाका राजनीतिककर्मीहरू र समाजको प्रबुद्ध वर्गले समयअनुसार सङ्घर्ष गरेका थिए जसको परिणाम समयको परिवर्तन, समाजको रूपान्तरण र मानिसका चेतनामा आएका परिवर्तनहरूले तमाम प्रकारका सुधारका कामहरू बढ्दै आए ।

प्रजातान्त्रिक आन्दोलनका कारण समयसमयमा नेपालमा दलितका घाउहरूमा मलमपट्टी गर्ने प्रयत्नहरू बने तर देशमा आर्थिक आधार र राजनीतिक उपरिसंरचनामा आमूल परिवर्तन नगरीकन जुन ऐतिहासिक परिवेशमा उत्पीडन भएको थियो त्यसअनुसारको सामाजिक क्षतिपूर्ति पर्याप्त हुनसकेको छैन । यसप्रकारको समस्या समाधान गर्न नेपालमा सुधारका प्याकेजहरू बनाउने गरिएको छ । कतिपय सन्दर्भमा विशेष अधिकारको व्यवस्था गरिएको छ, संसद्मा समानुपातिक समावेशी, जागिरहरूमा कोटाअनुसारको प्राथमिकता गरिएको छ । सरकारमा सहभागिताको सुनिश्चितता गरिएको छ । सामाजिक जीवन व्यतित गर्न आरक्षणको व्यवस्था गरिएको पनि छ तर यसप्रकार गरिने व्यवस्थाले दलितमाथि थोपरिएको छुवाछूतको कलङ्कपूर्ण ऐतिहासिक विरासतको पहाड पन्छाउन सकेको छैन न त समग्र दलित जनताको आर्थिक एवम् राजनीतिक सुधार गर्न सकेको छ । यसप्रकारका सुधारहरूबाट केही दलित जातका व्यक्तिहरूले राजनीतिक सुविधा र सामाजिक सम्मान पाए पनि समग्र दलितमाथिको वर्णाश्रम व्यवस्थाबाट थोपरिएको मनोवैज्ञानिक उत्पीडनको अन्त्य हुनसकेको छैन । त्यसको विपरीत यसप्रकारका अर्थवादी नीतिहरूले केही दलित जातका मानिसलाई आर्थिक फाइदा बनाएको छ भने केहीमा सामाजिक क्रियाशीलता ल्याएको छ र अरू केहीलाई दलित हुनुमा गर्व गर्ने बनाएको छ तर समग्र दलित जनताको हालत कमजोर, अनिश्चित भविष्य, अपमानपूर्ण जीवन बनाउँदै लगेको छ । यसप्रकारको सुधारवादको अर्को जटिल र नकारात्मक उपज दलित जातको जरालाई अझ बलियो बनाउने काम गरेको छ ।

अधिकार

दलितले प्राप्त गर्ने अधिकार के हुने भत्रे विषयमा बहसहरू उठिरहेका छन् । तमाम दलित अधिकारकर्मीहरू अर्थवादी नारा लिएर अगाडि आएका छन् जसबाट उनीहरूले व्यक्तिगत लाभबाहेक केही पनि प्राप्त गर्नसकेका छैनन र सक्ने पनि छैनन् । कैयौँ सहश्राब्दीदेखि मनोवैज्ञानिक एवम् सांस्कृतिक, राजनीतिक एवम् सामाजिक र आर्थिक विरासतको पहाडले थिचिएको जात व्यवस्थामा बृहत् परिवर्तनबिना वास्तविक दलित मुक्ति सम्भव हुन सक्दैन । पुरानै प्रकारको राज्यव्यवस्थाले पुराना समस्याहरूको समाधान दिन सक्दैन । नयाँ प्रकारको समाधानका लागि नयाँ राजनीतिक व्यवस्था हुनु आवश्यक छ ।

दलितले प्राप्त गर्ने अधिकार के हुने भत्रे बहस नेपालमा मात्र होइन, नेपालभन्दा पहिले भारतमा चलेको थियो । यही बहसको परिणाम भारतमा अनेक प्रकारका आरक्षणहरू, विशेष अधिकारहरूको व्यवस्था गरिएको छ । भारतको दलित समस्या नेपालको जस्तो ‘जात’ समस्या मात्र नभएर जातीय समस्या हो र भारतमा त्यसप्रकारको जातिको स्वायत्त राज्यसमेत व्यवस्था गरिएको छ ।

नेपालका दलित मुक्ति अभियानकर्ताहरू रणनीतिक रूपमा समाजवाद आएपछि दलितका वास्तविक समस्या समाधान हुने कुरामा ढुक्क भए पनि तत्कालिक रूपमा के गर्ने र मुद्दा उठाउने भत्रे प्रश्न गरेका छन् । त्यही क्रममा उनीहरूले आरक्षणको व्यवस्था, सम्मानजनक जीवन व्यतित गर्न आर्थिक सहयोग, राजनीतिक एवम् सामाजिक क्षेत्रमा विशेष अधिकारजस्ता विषयहरूलाई उठाउने गरेका छन् । तर दलित मुक्तिका लागि भारतमा र नेपालमा चलेको दशकौँदेखिको आन्दोलनले, त्यो आन्दोलनबाट प्राप्त गरिएका विशेषाधिकार र सुधारका प्याकेजहरूले स्पष्ट गरेको विषय हो– क्रान्तिको उद्देश्यमा स्पष्ट नभईकन, आमूल परिवर्तनको प्रत्याभूत गर्ने क्रान्तिप्रति प्रतिवद्ध नभईकन गरिने सुधारको माग केवल अर्थवाद मात्र हुनसक्छ र त्योभन्दा बढी केही पनि हुन सक्दैन । यसप्रकारको अर्थवादले आन्दोलनमा संलग्न भएका केही मानिसको हकमा केही व्यक्तिगत फाइदा हुनसक्छ तर, समस्त समुदायमा यसले कुनै पनि सकारात्मक प्रभाव दिन सक्दैन । बरु यसले सर्वसाधारण अवस्थामा रहेका दलित समुदायलाई अर्थवादको प्रलोभनमा डुबाइदिन्छ जसको कारण दलित समुदाय विभाजित हुन पुग्छ ।

वैज्ञानिक समाजवादी मान्यतामा दलितको तत्कालिक नारा दीर्घकालिक कार्यदिशासँग जोडिएको हुनुपर्छ । जब हामी आमूल परिवर्तनका लागि रणनीतिक रूपले सामन्तवादले थोपरेको अपमानजनक ‘जात’ र दलित थरहरूको उन्मूलन गर्न चाहन्छौँ, जब हामी समाजमा समस्त नागरिकको जस्तै स्वतन्त्रता र स्वाधीनता चाहन्छाैँ, जब हामी आफ्नो माथिल्लो जातमा रहेका परिवारहरूको जस्तै सामाजिक सम्मान चाहन्छौँ भने निश्चित रूपमा तत्कालिक अभियान पनि त्यहीअनुरूपको हुनुपर्छ । त्यसकारण दलितहरूको तत्कालिक नारा दलित जात र थरहरूको उन्मूलन, गोत्रीय परिचयको पुनस्र्थापना, सामाजिक अन्तरघुलन र परिवार एवम् इष्टमित्रहरूसँगको आलिङ्गन हुनुपर्छ । यी कुराहरू प्राप्त गर्नका लागि ठूलो वैचारिक, राजनीतिक एवम् सामाजिक आन्दोलनको आवश्यकता हुन्छ । यी मागहरू कसैले दिएर पूरा हुनु भनेको बिशेषअधिकार दिनुजस्तै हो । यसको ऐतिहासिक रूपले स्थापित भएको सांस्कृतिक विरासत परिवर्तन गर्न आमूल परिवर्तन गर्ने क्रान्तिकारी रूपान्तरण र त्यो परिवर्तनका लागि नेतृत्वदायी भूमिकाबाट मात्र सम्भव हुनेछ । यसरी मात्र वास्तविक मुक्ति प्राप्त गर्न सकिनेछ ।

सङ्घर्ष र क्रान्ति

नेपालको दलित समस्याको वास्तविक समाधान त्यति बेला मात्र सम्भव हुनेछ जब कैयौँ सहश्राब्दीदेखि चल्दै आएको संस्कृति, मनोविज्ञान पूर्ण रूपले परिवर्तन हुन सक्नेछ । यसप्रकारको सांस्कृतिक र मनोवैज्ञानिक परिवर्तन त्यति बेला मात्र सम्भव हुनेछ जतिबेला देशमा बृहत् प्रकारले राजनीतिक व्यवस्थामा परिवर्तन आउनेछ, त्यसअनुसारको आर्थिक आधार तयार हुनेछ ।

यसप्रकारको मनोविज्ञान केवल वर्णाश्रम व्यवस्थाको उन्मूलनबाट मात्र सम्भव हुनेछ । नेपालको वर्णाश्रम व्यवस्था खासगरी आर्य र द्रविड मूलका मानिसहरूमा रहेको छ । मङ्गोल मूलका मानिसमा जातप्रथा थिएन, बरु आर्य मूलका मानिसबाट देखासिकी गरिएको थियो । वर्णाश्रम व्यवस्थाको उन्मूलन गर्नका लागि पहिलो काम दलित जातका मानिसहरूमा एउटा बृहत् विद्रोह हुनु आवश्यक हुनेछ । यसप्रकारको विद्रोहले पहिले दलित जातको उन्मूलन गर्नेछ र त्यसपछि वर्णाश्रम व्यवस्थाको उन्मूलन गर्नेछ । जात व्यवस्थाको उन्मूलन गर्ने विद्रोहका लागि दलितको अवस्थामा पुर्याइएका मानिसले कथित अपहेलनाको थरबाट होइन, आफ्नो गोत्रबाट परिचय दिने गर्नुपर्छ किनभने नेपालमा एउटै गोत्रका मानिसहरू ब्राह्मण, क्षेत्री, खत्री, थापा, दमाई, कामी, सार्कीलगायत विभित्र थरहरूमा परिचय पाइन्छ । एउटै गोत्रभित्रको यो विभेद विगतका शासकहरूबाट लादिएको अन्यायपूर्ण अपहेलनाको परिचय हो, नेपालको निकृष्ट कुसंस्कृति हो र यसप्रकारका परिचय दिने थरहरू मानिसका अपमानजनक पदवीहरू हुन् । यी पदवीको अन्त्य गर्नु स्वाभिमान, स्वाधीनता र आत्मसम्मानका लागि आवश्यक कदम हुन्छन् । केबल यो अभियानले राजनीतिक क्रान्ति र आर्थिक उत्रतिसँगै सांस्कृतिक र मनोवैज्ञानिक परिवर्तन ल्याउन सक्नेछ । हामीले सामन्तवादले थोपरेको सामाजिक अपमान परित्याग गर्न सकेनाैँ भने निश्चित रूपले क्रान्ति भयो र आर्थिक समृद्धि भयो भने पनि सामाजिक र मनोवैज्ञानिक रूपमा दलित थरहरूले आत्मसम्मान पाउन सक्ने छैनन् किनभने दलित थरको निरन्तरता पुरानो संस्कार, संस्कृति र मनोविज्ञानको निरन्तरता हुनेछ ।
भारतमा दलित प्रथाको सङ्क्षिप्त सिंहावलोकन

नेपालमा दलित जातको अवधारणा भारतबाट प्रवेश गरेको कुरा प्रस्टै छ । तर भारतमा दलित जात जसरी स्थापित भयो त्यो नेपालको भन्दा छुट्टै प्रकारको इतिहास भएको पाइन्छ । भारतमा दलित जातको कथा देवता र राक्षसबीचको सङ्घर्षदेखि स्थापित भएको इतिहासकार बताउँछन् । उत्तर युरोपबाट हजारौँ वर्षको यात्रा पार गरेर भारत पसेका आर्यहरू र भारत उपमहाद्वीपमा बसोबास गरेका आदिवासीहरू देवता र राक्षसका रूपमा विकास भए । आर्यहरू नयाँ प्रकारको कृषि उत्पादन, पशुपालन र जमिनको उपभोग गर्ने भएको कारण प्रकृतिका विरुद्ध बढी आक्रामक थिए र द्रविडहरू प्रकृतिका रक्षक थिए । आर्यहरूले भारतमा प्रवेश गरेदेखि नै आर्य र अनार्यबीचको युद्ध प्रकृतिको दोहन गर्ने र रक्षा गर्नेबीचको युद्ध थियो । प्रकृतिका रक्षक भएका कारण अनार्य द्रविडहरूलाई कालान्तरमा राक्षस भनेको पाइन्छ । आर्यहरूले आफूलाई देवता बनाए भने भारतीय भूमिको रक्षा गर्ने द्रविडहरू राक्षसका रूपमा चित्रित गरिए । आर्य र अनार्यका बीचको लडाइँमा आदिवासी भारतीयहरू पराजित हुँदै गए । आर्यहरूको बोलवाला बढ्दै गयो । त्यसका साथै भाषा, संस्कृति, रहनसहन भित्र तरिकाले विकास हुन थाल्यो । ल्याटिन, क्याल्टिक, आर्मेनियन, अल्बानियन, अरेबिक र संस्कृत गरी विकास भएका भारोपेली परिवारका भाषाहरूमा यस क्षेत्रमा संस्कृत भाषा विकास भयो । संस्कृत भाषाको विकाससँगै आर्य संस्कृतिको पनि विकास हुँदै गयो ।

जसरी भाषा र संस्कृतिको विकास हुँदै गयो त्यसको प्रभावस्वरूप समाजमा प्रकृतिको दोहन अरू व्यापक बन्दै गएको देखिन्छ । यसप्रकारको दोहनको कारण समाजमा अरू सङ्घर्षहरू, युद्धहरू हुन पुगेको देखिन्छ । त्यही युद्धको प्रक्रियामा युद्धमा पराजित मानिसलाई दलितका रूपमा, दासका रूपमा र अछूत जातिका रूपमा व्यवहार गरेको पाइन्छ । यसरी युद्धमा पराजित भएको भारतको आदिवासी जाति भारतमा दलित भएको ऐतिहासिक तथ्यहरूले बताउँछ । यस क्षेत्रमा ब्राह्मण, क्षेत्री, वैश्य, दलितको सामाजिक विकास उत्कर्षमा पुगेको समयमा हिन्दु दार्शनिक मनुले ब्राह्मण शिरबाट, क्षेत्री बाहुबाट, वैश्य उदर (पेट) बाट र शूद्र पाउ (पैताला) बाट उत्पत्ति भएको संश्लेषण गरेका थिए । त्यो समय भनेको जात प्रथा विकास र सामाजिक स्थिरताको समय मानिन्छ ।

आर्यहरूबाट पराजित भारतको दलित जाति (भारतको सन्दर्भमा यो जात नभएर जाति नै देखापर्छ) कैयौँ सहश्राब्दीदेखि आर्यहरूबाट दमित हुँदै आयो । यो अछूतपन भारतमा एउटा संस्कृति, सभ्यता, रहनसहन, सामाजिक परिपाटी र समस्त मानिसको मनोविज्ञान बन्यो । यही परिपाटीलाई अहिले पनि भारतीय सभ्यता भनिन्छ ।

भारतको दलित जाति त्यतिबेला पनि सबैभन्दा बढी उत्पीडनमा पर्यो जतिबेला भारतमा मुगलहरूको आक्रमण भयो । मुगल सम्राट्सँग भारतीय आर्यहरूले सहकार्य गरे र दलित जातिमाथि उत्पीडन, अत्याचार गर्दै आए । यो क्रम त्यतिबेला पनि कायम रह्यो जतिबेला भारतमा अङ्ग्रेजहरूले शासन गरे । समाजको सबै अवस्थामा भारतको आदिवासी जनताले दलितका रूपमा प्रताडना खेप्दै आएको छ ।

भारतीय समाजमा दलित र गैरदलित (ठाकुर) बीचको सङ्घर्ष निरन्तर चलिरह्यो । तर हरेक सङ्घर्षमा दलित जातिको पराजय हुनुको कारण यसको गौरवशाली इतिहास कहिल्यै बनेन र दलित जातले आफू दमित हुनुपरेको अवस्थाका विरुद्ध गरेको प्रतिरोधको हिसाबसमेत समाजमा स्थापित हुन सकेन । परिणामस्वरूप जसरी दलित वा शूद्र जात हुनका लागि न्यायोचित आधार (dignified base) अन्यायपूर्ण पराजयमा खडा भयो, त्यसको विपरीत दलित जातको सङ्घर्षमा गौरवशाली इतिहास (glorified history) स्थापित हुन सकेन ।

दलितप्रति सामाजिक सुधार

भारतमा दलित मुक्तिको अभियान भारतको स्वतन्त्रतापछि तीव्रता पाएको देखिन्छ । योजनाबद्ध तरिकाले सरकारी निकाय, रोजगारी, सामाजिक सम्मानका क्षेत्रहरूमा राज्यबाट दलितहरूप्रति औपचारिक सम्मान र सहानुभूति प्रत्याभूत गरेको देखाउने गरिएको छ । राजनीतिक क्षेत्रमा दलित, मुस्लिमहरूबाट महत्वपूर्ण पदहरू समालेको पनि अवस्था छ । यही प्रक्रियामा डा अम्बेडकर, कासीराम, मायावती, कोविन्दजस्ता दलितहरूलाई राज्यको सम्मानित स्थानमा पुर्याइएको हो । यसरी सरकारी ओहोदामा, कर्मचारी क्षेत्रमा, व्यापार तथा उद्योगका क्षेत्रमा दलित जातिलाई राम्रो स्थान दिए पनि भारतमा दलितप्रतिको दृष्टिकोण कहिल्यै पनि सुध्रन सकेको छैन । सम्मानित पदमा पुगेकाहरूको सम्मान दलितको भन्दा बेग्लै छ, उनीहरूलाई दलितका रूपमा हेरिने दृष्टिकोणमा कुनै फरक परेको देखिँदैन, उनीहरूप्रतिको सम्मान केवल पदको सम्मानसँग जोडिएको हुन्छ ।

यसको खास कारण त्यही हो– भारतमा दलितका लागि सांस्कृतिक एवम् मनोवैज्ञानिक रूपमा उत्पीडन रहेको छ । त्यहाँको सरकारले बाहिरबाट जतिसुकै प्रयत्न गरे पनि वास्तविक अर्थमा दलितको मुक्ति हुनसकेको छैन र दलित समुदायका जनताको अवस्था ठाकुरलगायत अन्य जनताको अवस्थाभन्दा बिल्कुल फरक रहेको छ । उनीहरूमा गरिबी व्याप्त छ, अशिक्षा बढी छ र सांस्कृतिक रूपमा अत्यन्त उत्पीडनमा रहनु परेको छ ।

भारतमा दलित मुक्तिका लागि जे विधि अपनाइएको छ त्यसले दलितका रूपमा अछूत जातको अन्त्य गर्दैन, बरु त्यो व्यवस्थाले दलित हुनुको मोहलाई अझ प्रगाढ बनाएको हुन्छ । भारतमा जुन प्रकारले अर्थवादी व्यवस्था गरिएको छ, जुन प्रकारले दलित भएको कारण आरक्षण र अन्य सामान्य सुधारका अधिकारहरू दिइएको छ त्यसले सामाजिक रूपमा एकातिर दलित र गैरदलितबीचको दूरीलाई अझ फराकिलो बनाएको छ र अर्कोतिर दलित हुनुको कलङ्कको अन्त्यतिर होइन, समस्त जनताको क्षेत्रमा नुन–तेलजस्ता सामान्यभन्दा सामान्य सुबिधाका लागि दलित हुनुमा गर्व गर्ने र प्रतिस्पर्धा गर्ने परिपाटी विकास भएको छ । यसप्रकारको चेतनाले दलितको अन्त्य गर्न सक्दैन र दलितमाथि हुने सामाजिक एवम् सांस्कृतिक उत्पीडनको पनि अन्त्य गर्न सक्दैन ।

दलित उन्मुक्तिका लागि कार्यनीति

भारतमा दलितहरूका लागि जुन प्रकारले आरक्षणको व्यवस्था गरिएको छ नेपालमा पनि राजनीतिककर्मीहरू, सामाजिक अभियन्ता, दलितको मुक्तिका लागि सङ्घर्षरत संस्थाहरूले त्यही नीति लागू गर्न माग गरेको पाइन्छ । वास्तविक समस्या समाधान नभईकन सुधारले समस्या समाधान हुन सक्दैन भत्रे कुरा भारतको उदाहरण नै पर्याप्त छ । भारतमा संविधान निर्मातादेखि मुख्यमन्त्री, मन्त्री र राष्ट्रपतिसम्म दलितबाट बनेका छन् । वैज्ञानिकहरूदेखि व्यापारीहरू र उद्योगपतिसम्म दलितबाट पुगेका पनि छन् । त्यो केवल उनीहरूको व्यक्तिगत संयोग मात्र हुने गरेको छ तर समग्र जनतामा त्यसले कुनै पनि न प्रभाव परेको पाइन्छ, न कुनै परिवर्तन ल्याएको हुन्छ । केही दलितहरू सुविधा सम्पत्र जीवन पनि बिताउँछन् तर त्यसले समग्र दलितमा कुनै सकारात्मक प्रभाव पारेको छैन । यसप्रकारको प्रयत्नका बाबजुद ताजुबको कुरा त के छ भने भारतमा लागू गरिएको आरक्षण तथा विशेषअधिकारका विषयहरूले मानिसलाई दलितजस्तो अपहेलित जातप्रति गर्व गर्ने बनाउँदै लगेको छ र सामाजिक समानता र प्रतिष्ठाका लागि आवश्यक पर्ने आमूल परिवर्तनका लागि नकारात्मक बनाउने खतरा पैदा गरेको छ ।

दलित उन्मुक्तिका लागि भनेर नेपालमा पनि त्यही प्रकारको कार्यनीति प्रयोग भइरहेको हामी देख्छाैँ । तर यसप्रकारको कार्यनीतिले न दलितको मुक्ति हुनसक्छ, न त क्रान्तिकारी आन्दोलन नै । यसले केवल अर्थवाद, सुधारवाद तथा पराधीनतालाई प्रश्रय दिन्छ ।

भारतको दलित समस्या समाधानको विषय

भारतमा दलित समस्या समाधान गर्नका लागि पहिलो सर्त त्यहाँका दलित जनसमुदाय, दलित मुक्तिका लागि सङ्घर्ष गर्ने सङ्घसस्था र व्यक्तिहरूले के कुरामा ध्यान दिन आवश्यक छ भने कैयौँ सहश्राब्दीदेखि जुन प्रकारले त्यहाँका ठाकुर तथा चौधरीबाट दलितमाथि युद्धमा पराजित गर्दै उत्पीडनमा परियो र उत्पीडन भारतीय सांस्कृतिक धरोहर र इतिहासका रूपमा स्थापित भयो । त्यो सांस्कृतिक विरासत र इतिहास पूर्ण रूपले नउल्टँदासम्म उत्पीडनको संस्कृति र मनोविज्ञान उल्टन सक्दैन । यसप्रकारको ऐतिहासिक अवसर भारतको दलित समुदायले ठुलो युद्ध लडेर मात्र प्राप्त गर्न सक्छ र कैयाैँ सहश्राब्दीदेखि चलेको जात प्रथाको अन्त्य र शूद्र जातका रूपमा स्थापित भएको भारतको अष्पृश्यतावादी विभेदको अन्त्यका लागि सङ्घर्ष गरेर र त्यसमा राजनीतिक, आर्थिक, सांस्कृतिक र क्रान्तिकारी चेतनायुक्त विजय प्राप्त गरेर मात्र भारतीय शूद्र जातिले गौरवशाली इतिहासको निर्माण गर्न सक्छ ।

देशभित्र यसप्रकारको युद्ध कसरी लड्ने ? यो एउटा गम्भीर प्रश्न हुनसक्छ । तर यसप्रकारको युद्ध नजितीकन भारतको दलित जाति कुनै पनि हालतमा मुक्त हुन सक्नेछैन ।

यसप्रकारको युद्ध केवल समाजवादी क्रान्तिका लागि हुनेछ । भारतको दलित जाति तीन विशाल पहाडले थिचिएको छ जुन पहाड नपन्छाईकन कुनै पनि हालतमा मुक्त हुन सक्दैन । त्यसमा पहिलो पहाड दलितको स्तरमा जाने गरी युद्धमा शृङ्खलाबद्ध रूपमा पराजित भएको इतिहास हो जुन भारतीय सांस्कृतिक धरोहरका रूपमा स्थापित भइरहेको छ । दोस्रो पहाड वर्णाश्रम व्यवस्थामा आधारित सामन्तवादी संस्कृति हो जसले दलितलाई शूद्रका रूपमा नितान्त अपहेलित बनाएको छ र भारतीय नागरिकको नसानसामा बग्ने हरेक थोपा रगतमा स्पन्दित भइरहेको छ । तेस्रो पहाड भनेको दलाल पुँजीवादी र साम्राज्यवादी आर्थिक उत्पीडन हो जसबाट जलित जाति अत्यन्त प्रताडित छन् । यी सबै पहाडहरूमा राजनीतिक, आर्थिक, सामाजिक र संवैधानिक कारणले वा कानुनी व्यवस्था गरेर तेस्रो पहाड पन्छाउन खोजे पनि पहिलो र दोस्रो पहाड पन्छाउनका लागि युद्धको विजयबिना कुनै पनि हालतमा असम्भव हुनेछ ।

यसप्रकारको युद्ध भारतीय दलित जनतालेसर्वहारा वर्गको नेतृत्वमा लडेर मात्र जित्न सम्भव छ । दलित जातिको मात्र सत्ता स्थापना गरेर पनि अहिलेको दुनियाँमा मुक्ति सम्भव छैन । कुनै समय थियो जातीय राज्यहरूको गठन हुने तर अहिले त्यो नारा अत्यन्त पिछडा प्रकारको भएको छ । जातीय युद्ध र द्वन्द्वले सर्वहारा वर्ग वा देशको कुनै पनि जनतालाई फाइदा हुन सक्दैन । हुनत भारतमा कास्मिरदेखि पूर्वोत्तर र दक्षिणसम्म जातीय सङ्घर्षहरू भइरहेका छन् र स्वतन्त्र राज्यका लागि भारतीय नागरिक कुनै न कुनै रूपमा लडिरहेका छन् । तर यसप्रकारको लडाइँले छुट्टै देश बनेर पनि उत्पीडनमा कमी हुन सक्दैन र दलितको हकमा दलित प्रणालीको अन्त्य हुन पनि सक्दैन किनभने पुँजीवादी व्यवस्थाले सामन्तवाद र दासतावादको विरासत बोकेर ल्याएको छ जससँगको सम्बन्धविच्छेद गर्न उसका लागि असम्भव छ । त्यसकारण वर्गीय युद्धबाट मात्र यसप्रकारको लडाइँ जित्न सम्भव हुनेछ । भारतमा भएको दलित जाति आफैँमा सर्वहारा वर्ग हो । यो वर्ग अहिले विशाल छ किनकि सबै जातिहरू वर्गीय रूपमा विभाजित भएको छ । सर्वहारा वर्ग एउटा अन्तर्राष्ट्रिय जाति हो जसको एकताबाट मात्र पुँजीवादी, सामन्तवादी र प्रतिक्रियावादी सत्ताका विरुद्ध विजय हासिल गर्न सम्भव हुनेछ । यसमा एकातिर दलित जातिबाट क्रान्तिकारी युद्धको नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्न आवश्यक छ भने अर्कोतिर आर्यजातिका क्रान्तिकारीहरूले पूर्वजहरूले गरेको गल्तीका लागि क्षमायाचनासहित दलित समुदायबाट आएका नेतृत्वलाई मदत गर्नु आवश्यक हुनेछ ।

दलित उन्मुक्तिका लागि रणनीति

नेपालमा जनयुद्धको समयमा दलित जात करिब उन्मूलन भएको थियो । नेपाली जनताको जनयुद्धले नेपालको सामन्तवादी संस्कृतिको मुटुमा प्रहार गर्यो र समाजमा ठुलो उलटपुलट पैदा गर्यो । क्रान्तिकारी राजनीतिले क्रान्तिकारी संस्कृतिको विकास गर्छ, क्रान्तिकारी संस्कृतिले मानिसको दिमागहरूमा क्रान्त्किारी चेतनामा पैदा गर्छ । नेपालको क्रान्तिकारी आन्दोलनमा छुवाछूत, जातभात, जाति तथा जातीय विभेद, छाउपडी, धामी–झाँक्रीजस्ता अन्धविश्वासहरू समाप्त भएका थिए । त्यसप्रति विश्वास गर्ने मानिसहरूको चेतनामा ठुलो परिवर्तन आएको थियो तर जब क्रान्तिकारी अन्दोलनको पराजय हुँदै गयो तब पुराना रूढिवाद, अन्धविश्वास, पिछडिएको चेतना हावी हुँदै गयो । समाजको चेतना शाशक वर्गको चेतना हुने गर्छ । जनयुद्धको समयमा ग्रामीण क्षेत्रको शासक माओवादी क्रान्तिकारी थियो । त्यसकारण ग्रामीण क्षेत्रको जनतामा क्रान्तिकारी संस्कृति र चेतना पैदा भएको थियो । तर क्रान्तिको विसर्जन र संसद्वाद हाबी भएसँगै क्रान्तिकारी संस्कृति र चेतनाको पनि विसर्जन हुँदै गयो र बुर्जुवा तथा सामन्तवादी चेतना हाबी हुँदै गयो ।

हामीले के कुरा हेक्का राख्न आवश्यक छ भने नेपालको आधुनिक इतिहासमा दलितमाथि हुने बर्बरतापूर्ण उत्पीडनको अन्त्य गर्न नेपालका सबै शासकहरूले संवैधानिक तथा कानुनी उपचारको व्यवस्था गर्दै आएका थिए तर ती कानुन र बिधिहरूले त्यति काम कहिल्यै गरेनन जति जनयुद्धका केही दिन, महिना र वर्षहरूमा गरेको थियो । कानुनले शासकहरूको स्वार्थका बिरुद्ध मानिसको स्वाभाविक व्यवहारलाई बाध्यात्मक नियम बनाइदिन्छ । त्यसले मानिसको चेतना र वस्तुगत अवस्थाका बीचमा अन्तरविरोध पैदा गर्छ । उदाहरणका लागि लिऊँ सामन्तवादी संस्कृतिका रूपमा रहेको नेपाली समाजमा शासक वर्गले दिनदिनै अन्धविश्वासपूर्ण संस्कृतिको जगेर्ना गर्न मन्दिरमा पूजा गर्दै हिँडेको हुन्छ । शासक वर्गको त्यही संस्कृति पछ्याउने जनताले छुवाछूत, छाउपडी स्वाभाविक रूपमा मात्र पुग्छन् जो उनीहरूको सामाजिक व्यवहारबाट पैदा भएको मानसिक उपज– चेतना हो । जनताको यो व्यवहार अहिलेको विश्वका सभ्य मुलुकका नागरिकहरूको अगाडि बदनाम हुने भएकाले सरकार छुवाछूत र छउपडीलाई कानुनी रूपमा प्रतिबन्धित गर्न खोज्छ । यसबाट कानुनी रूपले कोही मानिसका लागि केही काम निश्चित रूपले गर्न सक्छ तर त्यो सामाजिक संस्कृतिका रूपमा होइन, सरकारी दण्डका रूपमा हुन पुग्छ ।

दलित मुक्ति त्यति बेला मात्र सम्भव हुनसक्छ जब पुरानो पुँजीवादी उत्पादन सम्बन्ध, पुरानो सामन्ती तथा पुँजीवादी उत्पादन सम्बन्धले बनाएको सामाजिक सम्बन्ध, संस्कृति र त्यसको जगमा बनेको चेतनामा आमूल परिवर्तन हुन्छ । यसप्रकारको अवस्था त्यतिबेला मात्र सम्भव हुन्छ जब, समाजमा अत्याचारपूर्ण परिचयका लागि थोपरिएको दलित जात र थरहरूको पूर्ण रूपले उन्मूलन हुन्छ । हरेक मानिसले आफ्नो गोत्र र समाजको सम्मान प्राप्त गर्ने समुदायसँग न्यायोचित तरिकाले सामाजिक पारिवारिक अन्तरघुलन र सामाजिक अन्तरघुलन गर्न पाउने अवस्था प्राप्त गर्दछ । यसप्रकारको परिवर्तन केवल सर्वहारा वर्गको नेतृत्वमा हुने वैज्ञानिक समाजवादी क्रान्तिले मात्र पूरा गर्न सक्छ ।

तसर्थ दलित मुक्तिका लागि कार्यनीतिक रूपले जात प्रथाको उन्मूलन, जात प्रथाका आधारमा रहेका थरहरूको उन्मूलन, दलित बनाइएकाहरूले गोत्रीय पहिचानका आधारमा समाजमा स्थापित गर्ने प्रक्रिया र सामाजिक सम्मानका लागि गरिने सङ्घर्षका साथसाथै रणनीतिक रूपमा पुरानो सत्ताको अन्त्यका लागि सङ्घर्ष गर्नु आवश्यक हुन्छ । यसप्रकारको सङ्घर्षबाट मात्र नेपाली दलितमाथि थोपरिएको वर्णाश्रम व्यवस्थामा आधारित सामन्तवादी सांस्कृतिक उत्पीडन, दलाल पुँजीवादी उत्पीडन र जात प्रथाका कारण छुवाछूतको अपराधमा पिसिनुको उत्पीडनबाट मुक्त हुन सकिन्छ ।

पुस ,२०७६

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :