नेकपा बाजुरा जिल्ला सम्पर्क कार्यालय उद्घाटन

नेकपा बाजुरा जिल्ला सम्पर्क कार्यालय उद्घाटन

बाजुरा : नेपाल कम्युनिस्ट पार्टी बाजुराको जिल्ला सम्पर्क कार्यालय मार्तडीको बाउलिमा उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन बुधबार जिल्ला सचिव एण्डिजले मैनबत्ती बालेर गरेका हुन् । साथै उक्त कार्यक्रममा ३५ जना नेता कार्यकर्ताको उपस्थिति रहेको प्राप्त समाचारमा जनाइएको छ ।

त्यसैगरी ‘जनसम्बन्ध तथा सङ्गठन सुदृढीकरण अभियान’ भन्ने नाराका साथ शुरु भएको २ महिने अभियानको बिदाई जिल्ला सचिव एण्डिजले गरेका छन् ।

अभियानको बिदाईमा स्थानीय जनताको पनि सहभागिता रहेको थियो । ४० जनाको सहभागिता रहेको अभियानमा झण्डा ब्यानरसहित अभियान टोलीलाई बिदाई गरिएको छ । बिदाईका क्रममा जनताको सम्बन्धलाई सुमधुर बनाउनुका साथै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिका लागि जनतालाई प्रशिक्षित र सङ्गठित गर्न आवश्यक रहेको एण्डिजले जोड दिए । अभियानका क्रममा जनताको आशा, भरोसाको केन्द्र नेपाल कम्युनिस्ट पार्टी नै रहेको र शसक्त ढङ्गले अगाडि बढेमा जनताको साथ रहने कुरा अभियान टोलीले आफ्नो अनुभव सुनाए ।

बिदाइका कार्यक्रममा जिल्ला सचिवालय सदस्य भरत, केशव, बिलास, विजय, त्रिवेणी र सचिव आकाश लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्