अखिल (क्रान्तिकारी) द्वारा कैलालीको टिकापुरमा प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा कैलालीको टिकापुरमा प्रदर्शन

कैलाली : अखिल (क्रान्तिकारी) कैलालीले किसानहरूको समस्या हल गर्न र मल, बिउँ तत्काल उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको छ । कैलालीको टिकापुरमा भएको कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सुबास किरण जोशीले सम्बोधन गरेका थिए ।

सम्बोधन गर्दै जोशीले सरकार कृषकका समस्याप्रति गम्भीर नबनेको, कृषिजन्य पदार्थमा परनिर्भरता रहेको, स्वदेशी उत्पदनलाई बढवा गर्नुको सट्टा कमिसनको आधारमा आयातित बस्तुभाउ, समानलाई प्राथमिकता दिएकोमा आपत्ति जनाउँदै तत्काल किसानका समस्या समाधान गर्न सरकारसँग अपिल गरे । यस्तै सरकारले किसानलाई आर्थिक अनुदान, कृषि सम्बन्धी तालिम दिनुपर्नेमा जोड दिए ।

प्रदर्शनमा किसानलाई सहुलियतपूर्ण मलखादको व्यवस्था गर !, किसानका समस्या हल गर !!, कृषिमा परनिर्भरताको अन्त्य गर !, कृषिमाथि थुपारिएको कर खारेज गर !! जस्ता नाराहरू लगाइएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :