नेकपा सचिवालय सदस्य कञ्चनले आदर्शलाई गरे स्वागत

नेकपा सचिवालय सदस्य कञ्चनले आदर्शलाई गरे स्वागत

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ लाई स्वागत गरेका छन् ।

बाजुरा कारागारमा झण्डैं दुई वर्ष लामो जेल बसेर सर्वोच्च अदालतको आदेशमा रिहा भई काठमाडौँ फर्केका नेता आदर्शलाई सोमबार आफ्नै निवासमा बास्तोलाले खादा ओधाएरा स्वागत गरेका हुन् । भेटमा नेता बास्तोला र आदर्शबीच राजनैतिक तथा बैचारिक विषयमा छलफल समेत भएको थियो । भेटका क्रममा आदर्शले जेल बसाईका अनुभूतिहरू सुनाएका थिए ।

केहिदिन अघि नेता आदर्शलाई सो पार्टीका महासचिव विप्लवले पनि काठमाडौँमा स्वागत गरेका थिए । ओली सरकार र नेकपाबीच सहमतिपछि प्रतिबन्ध फिर्ता भइसकेपछि केही नेता कार्यकर्ता रिहा भएपनि अझैँ दर्जनौँ नेता कार्यकर्ताहरू जेलमैं छन् ।

अझैँ पनि भरत बम ‘रणवीर’ लगायत सयभन्दा बढी नेता–कार्यकर्ताहरू झूट्टा मुद्दामा गैरन्यायिक बन्दी जीवन बिताइरहेका छन् । नेकपा महासचिव विप्लव विगत दुई सातादेखि विभिन्न राजनीतिक पार्टीका नेताहरूसँगको भेटवार्तालाई तिब्रता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :