मल, बीउको माग गर्दै पाल्पाको तानसेनमा विरोध प्रदर्शन

मल, बीउको माग गर्दै पाल्पाको तानसेनमा विरोध प्रदर्शन

पाल्पा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पाल्पाले किसानहरूको समस्या उठाउँदै तत्काल किसानको समस्या हल गर्न माग गरेको छ । सङ्गठनले पूर्व घोषित केन्द्रीय कार्यक्रम अन्तर्गत ११ गते किसानलाई तत्काल मल, बीउको माग गर्दै पाल्पाको तानसेनमा विरोध प्रदर्शन गरेको सङ्गठनका अध्यक्ष लङ्क मगरले जानकारी दिएका छन् ।

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सङ्गठनका अध्यक्ष लङ्क मगरले सरोकारवाला पक्ष किसानप्रति गैरजिम्मेवार बनेको र तत्काल किसानको समस्या हल गर्न माग गरेका छन् । यस्तै हाम्रो रास्ट्र कृषि प्रधान भएकोले राज्य कृषि जिम्मेवार बन्न र किसानलाई तत्काल मल, बिउको व्यवस्था गर्न माग गरेका हुन् ।

उक्त कार्यक्रम जिल्ला उपाध्यक्ष सुदिप बिकले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :