गण्डकी प्रदेशका मुख्यमन्त्री पोख्रेल र नेकपाका नेताहरूबीच भेटघाट

गण्डकी प्रदेशका मुख्यमन्त्री पोख्रेल र नेकपाका नेताहरूबीच भेटघाट

कास्की : नेपाल कम्युनिस्ट पार्टीका नेता र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच पोखरामा भेटघाट भएको छ । नेपाल सरकार र नेकपाबीच तीनबुँदे सहमति पश्चात प्रतिबन्धपछि खुला परिवेशमा मङ्गलबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल र नेकपाका नेताहरूबीच भेटघाट भएको हो ।

नेता तथा कार्यकर्ताहरू रिहा नभएको खण्डमा नेकपाकी केन्द्रीय सदस्य उमा भुजेल ‘शिलु’, मनाङ जिल्ला सेक्रेटरी भीमप्रसाद चापागाइँ, काजी गुरुङ लगायतको टोलीले मुख्यमन्त्रीको कार्यालयमा शिष्टाचार भेटघाट गरेका हुन् ।

नेत्री उमा भुजेल ‘शिलु’ ले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल समक्ष विगतमा सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन, नेकपाले अगाडि सारेको वैज्ञानिक समाजवादी व्यवस्थामा जानको लागि शान्तिपूर्ण तरिकाले जनमतसङ्ग्रहमा जाने कुरा, अहिलेको कोरोना महामारीमा आम जनतालाई परेको समस्याको समाधान गर्न र छिटोभन्दा छिटो जनतालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन ध्यानाकर्षण गराइन् ।

उक्त भेटघाटमा मुख्यमन्त्री पोख्रेलले सबै राजनीतिक दलहरूसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको ई–रातोखबरलाई प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :