अखिल (क्रान्तिकारी) द्वारा कपिलवस्तुमा विरोध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा कपिलवस्तुमा विरोध प्रदर्शन

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको हल्लानगरस्थित बजारमा तत्काल किसानको समस्या हल गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

सङ्गठनको पूर्वघोषित कार्यक्रम अन्तरर्गत सोमबार किसानलाई तत्काल मल, बीउको माग गर्दै विरोध प्रदर्शन गरेको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।

कार्यक्रममा सङ्गठनकी जिल्ला उपाध्यक्ष सङ्गीता विकले राज्य किसानप्रति गरैजिम्मेवार बनेको भन्दै तत्काल किसानको समस्या हल गर्न माग गरिन् । उनले नेपाल कृषि प्रधान देश भएकाले राज्य कृषि र किसानको समस्याप्रति जिम्मेवार बन्न र किसानलाई तत्काल मल, बिउको व्यवस्था गर्न माग गरिन् ।

कार्यक्रम जिल्ला सदस्य इमान सुनारको सञ्चालन र युवा विद्यार्थीको उपस्तिथिमा सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :