कृषकहरुका समस्या समाधान गर्न माग गर्दै दाङमा प्रदर्शन

कृषकहरुका समस्या समाधान गर्न  माग गर्दै दाङमा प्रदर्शन

दाङ: नेपाल कम्युनिस्ट पार्टीको निकट अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति दाङले कृषकहरुका समस्याहरु समाधान गर्न तथा मल बीउ बिजन सहज रुपमा उपलब्ध गराउन माग गर्दै बिजौरीमा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।
द्वारा बिजौरीमा प्रदर्शन

तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा भएको प्रदर्शन कार्यक्रम विरोध र्यालीपछि कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर इन्चार्ज विकासले परिवर्तन सम्भव छैन भनेर जनतामा निराशा बाड्नेहरु हिजोका आफ्ना कमान्डरहरु नै भएको बताए । गाउँगाउमा विप्लवहरुबाट सम्भव छैन, वैज्ञानिक समाजवाद आउदैन भन्दै निराशा किन बाड्छौँ भन्दै उनले प्रश्न गरे । इन्चार्ज विकासले आँट भए क्रान्ति गर्न, इमानदार भए सहयोग गर्न र केही गर्न नसके पनि जनतामा भ्रम नछर्न पूर्व सहयोद्धाहरुलाई आग्रह गरे ।

आक्रोस व्यक्त गर्दै विकासले सहिद बेपत्ता परिवारको पिडाले टुलुटुलु बस्न मनले नमानेपछि आफूहरुले अर्को विद्रोह गरेको बताए ।
उनले शान्तिपूर्ण ढंगको क्रान्तिको चरणमा आफूहरु आएको भन्दै अब नेपालमा वैज्ञानिक समाजवाद कि दलाल पुजीवादी संसदीय व्यवस्था भन्ने विषयमा जनमतसंग्रह हुने बताए । जनमतसंग्रह जनताको अधिकार भएको र राज्य तयार नभए परिणाम भयानक हुने धारणा राखे । व्यवस्था छान्छौ भन्दा नदिए आफुहरुलाई विद्रोह गर्ने अधिकार जुनसुकै बेला पनि भएको उनको धारणा थियो ।

एक फरक प्रसंगमा इन्चार्ज विकासले यो सरकार एमसीसी पास गर्न विदेशिले बनाएको धारणा राखे । उनले भने, एमसीसी देशको हितमा छैन भनेर आम जनताले भनेका छन, अटेरी गरे नेपालमा अर्को विद्रोह हुनेछ ।` उनले आफ्नो पार्टी र देशको लागि बलिदान दिने जनता साथमा हुँदासम्म एमसीसी पास गर्ने सपना नदेख्न चेतावनी समेत दिए ।

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) राप्ती व्युरो इन्चार्ज दिपकले संसदीय व्यवस्था जोगाउन देशका युवाहरु बादर बन्ने गरेको बताए । उनले यो सत्ता जोगाउन बादर बन्नु भन्दा सत्तामा रहेका बादरहरुका विरुद्ध सचेत मान्छे बनेर व्यवस्था परिवर्तनको महाअभियान संघर्ष गर्नुपर्ने धारणा राखे । उनले खेती योग्य जमिनमा भूमाफियाले प्लटिङ गर्ने,बजारीकरणको समस्या, दलालीकरण समस्या, उत्पादनले उचित मुल्य नपाउने समस्याहरुको समाधान तत्काल गर्न माग गरे ।

एक फरक प्रसंगमा इन्चार्ज दिपकले यो व्यवस्था नै तमाम संकटको कारक तत्व भएको बताए । उनले भने, हामीले चुनाव बहिस्कारमा एउटा नारा दिएका थियौँ तपाईंको एक भोट देश बेच्ने लाइसेन्स नबनोस, तपाईं भोट एमसीसी पास गर्न दिएको हो ? उनले प्रश्न गरे ।

कार्यक्रममा सहिद परिवार समाजका केन्द्रीय सदस्य धर्तीले एकीकृत जनक्रान्तिको कार्यदिशाले जनयुद्धको लक्ष्यलाई चुमेको बताए । उनले जनयुद्ध जुन लक्ष्य, उदेश्य प्राप्तिका लागि लडिएको थियो त्यो पूरा गरी छाड्ने बताए । नेता धर्तीले विद्रोहका लागि शिरमा कफन बाँधेर हिँडेको बताए ।

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघ दाङ जिल्ला संयोजक पोषणले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने धारणा राखे । उनले कृषि प्रधान देशमा बहुसंख्यक जनता कृषिमा आधारित भएको तर साधारण जीवन जिउन पनि निकै कठिन भएको बताए । उनले किसानले उत्पादन गरेको वस्तुभाउको मूल्य किसानले नै निर्धारण गर्न पाउनुपर्ने बताए । उनले किसानहरुले धान रोपाइको यो समयमा सहज रुपमा मल बीउ बिजनको सहज आपूर्ति हुन नसकेको प्रति आपत्ति प्रकट गरे ।
प्रदर्शन कार्यक्रमको सहजीकरण अनेरास्ववियु (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :