युवा संगठन नेपाल, दाङको दोस्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल, दाङको दोस्रो पूर्ण बैठक सम्पन्न

दाङ: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल, दाङ जिल्लाको दोस्रो पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले युवाहरुको काँधमा महत्वपूर्ण र गहन जिम्मेवारी थपिएको बताए । उनले पार्टी शान्तिपूर्ण ढंगले वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढेको परिस्थितिमा युवाहरुले लडाइ फरक र जनमूखी ढंगले संचालन गर्नुपर्ने धारणा राखे । उनले निकट भविष्यमै जनताको सत्ता जनताको हातमा हुने विश्वास व्यक्त गरे ।

युवा संगठन नेपाल, दाङ जिल्ला अध्यक्ष तुलसीको अध्यक्षतामा बसेको बैठकमा युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटन, नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य विक्रम, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, नेकपा घोराही नगर इन्चार्ज तिलक, युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोजको आतिथ्यता रहेको थियो ।
बैठकले जिल्ला र पालिका स्तरमा अन्तरक्रिया गर्ने र प्रशिक्षण गर्ने, क्रान्तिकारी युवाहरुलाई संगठनमा संगठित गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले जिल्ला कार्यालय र सचिवालय टिम पनि गठन गरेको बताइएको छ।
बैठकले पालिका स्तरमा इन्चार्जहरुको जिम्मेवारी ठोस गरेको छ भने लागुऔषध, कालोबजारीलाई कार्वाही गर्ने, मिटर ब्याजीहरुलाई पहिचान गरी कार्वाही गर्ने, जातिय छुवाछुत सम्बन्धि जनचेतना फैलाउने र कार्वाही गर्ने, एमसिसी सम्झौता विरुद्ध भण्डाफोर गर्ने, एनसेल गरेको करछली विरुद्ध संघर्ष गर्ने, भित्तेलेखन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :