किसानहरुको पक्ष अखिल (क्रान्तिकारी) द्वारा प्रदर्शन

किसानहरुको पक्ष अखिल (क्रान्तिकारी) द्वारा प्रदर्शन

काठमाडौँः किसानहरूले पाउनु पर्ने सम्पूर्ण अधिकार सुनिश्चित हुनु पर्ने भन्दै अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको छ । किसानहरुले उत्पादन गरेका सम्पूर्ण वस्तुहरुको उचित मुल्य, मल, बीउ र अन्य कृषि औजारहरु सहज आपूर्ति हुनु पर्ने भन्दै अखिल (क्रान्तिकारी) ले प्रदर्शन गरेको हो ।

प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य पुष्प न्यौपानेले नेपाली किसानहरु राज्यबाट उपलब्ध गराइनु पर्ने सुविधाबाट बञ्चित हुनु परेको बताए । नेपाली किसानहरुद्वारा उत्पादित उपभोग्य वस्तुहरुको उचित मुल्य नपाएको र विदेशी वस्तुहरुले बजार कब्जा गरेको बताए । नेपाली किसानहरुले तरकारी र दुधजन्य पदर्थ मूल्य नपाएर सडकमा फाल्नु परेको तर विदेशी वस्तुहरु महँगो मुल्यमा नेपाली उपभोक्ता उपभोग गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

देशका समसामयिक विषयमा अखिल (क्रान्तिकारी) ले देशैभरी प्रदर्शन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :