थुनौँ दलाल !

कविता

रााणा शासन, राज्यसत्ता ढाले जनताहरू
जनतामा आयो शासन भन्छन्, दलालहरू
शीर्ष नेता स्वार्थी भए जनताले के पाए ?
स्वार्थी नेता भनौदाले भारतीयलाई ल्याए ।

भारतीयलाई नेपालका नागरिक बनाएका
देश नेपाल खानलाई साँठगाँठ मिलाएका
भारतका स्वार्थी आधारमा मन्त्री बनाएका
शीर्ष नेता भनौदाले देश डुबाएका ।

स्वार्थ लिन गर्छन्, दलाल कुर्सी तानातान
भागबन्दा नमिलेमा गर्छन्, हानाहान
नदीनाला बेची खाए, उद्योग बन्द गराए
नेपालका युवाहरूलाई विदेशतिर पठाए ।

विदेशीका इसारामा नाँचेका छन् यिनी
लुटेका छन् नेपाललाई मौका यहीँ हो भनी
जुट्ने फुट्ने गर्छन्, यिनी नाटक देखाउँछन्
गोप्य रुपले आपसमा कुरा मिलाउँदछन् ।

लिपुलेक, लिम्पियाधुरा, कालापानी पनि
सुस्ता समेत भारतले मिच्यो हाम्रो भनी
देशको लागि लड्ने युवा सहिद, अपाङ्ग भए
स्वार्थी नेता दलालले घर न घातको बनाए ।

अब हामी अत्याचार सहेर बस्न हुन्न
जागौँ हामी क्रान्तिकारी यिनी दलाल थुन्न ।

बुटवल उप-महानगरपालिका–१३, बेलबास

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :