नेकपा जनसेवक गुल्मीद्वारा जनसेवा सम्पन्न

नेकपा जनसेवक गुल्मीद्वारा जनसेवा सम्पन्न

गुल्मी : नेपाल कम्युनिस्ट पार्टीको जनसेवकले जनसेवा सम्पन्न गरेको छ । आइतबार गुल्मीको धर्काेट गाउँपालिका वडा नम्बर ४ रिपमा काले विकको घर निर्माण कार्य गरेको हो ।

गुल्मी जिल्लामा जनसेवा तथा जनसङ्गठन विस्तार अभियान यहीँ ६ गते सदरमुकाम तम्घासको सिमिचौरबाट शुरु भएको थियोे । उक्त जनसेवामा जनसेवकका हेमन्त, सुकुमार लगायतका एक दर्जन सहभागी रहेको बताएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव हिमालले अभियान तथा जनसेवा टोलीलाई सहजिकरण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :