हेटौँडा वडा नं. १६ को बैठक सम्पन्न

हेटौँडा वडा नं. १६ को बैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी हेटौँडा उप–महानगरपालिका वडा नं १६ को दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

वडा सेक्रेटरी एवम् जिल्ला सदस्य अनिशा मोक्तानको अध्यक्षतामा बसेको बैठकले २५ जनाको कार्यसमिति सदस्य रहने गरी निर्णय गरेको छ । वडा सदस्यहरूलाई वडा भित्रको टोलहरूको सेक्रेटरी तोकिएको छ । जबस मोर्चाहरूको पनि संयोजक तोकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य नयनको प्रमुख आतिथ्यता, नेपाल कम्युनिस्ट पार्टी जिल्ला सेक्रेटरी वाटरको बिशेष आतिथ्यता, नगर सेक्रेटरी सुर्य अर्यालको आतिथ्यता र नगर सह–सेक्रेटरी विवेक घलानको आतिथ्यतामा बैठक समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :