जनताको जीवनप्रति जिम्मेवार बन : नेकपा

जनताको जीवनप्रति जिम्मेवार बन : नेकपा

कन्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर भीमदत्त नगर कमिटीले नेपाली जनताको दैनिक जनजीवनमा स्थानीय सरकारलाई जिम्मेवार र इमान्दार बन्न माग गर्दै भीमदत्त नगरपालिकालाई १६ बुँदे माग पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा नगरभित्र हुने महँगी, घुसखोरी, भ्रष्टाचार, कालोबजारी, हत्या हिंसा, बलात्कार, चोरी डकैती, लुटपाट लगायत सम्पूर्ण समस्याको हल सहितको निकासको माग राखिएको छ ।

नगर इन्चार्ज डम्मर बिष्ट र नगर सचिव दीपेन्द्र ऐरी लगायतको सहभागीतामा शुक्रबार बुझाइएको उक्त ज्ञापनपत्रमा नगरपालिका भित्रका विभिन्न खाले समस्याहरूको बारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :