नेकपा सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियानलाई तिब्रता दिदै

नेकपा सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियानलाई तिब्रता दिदै

नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले जनसंगठन तथा जनसेवा अभियानलाई जिल्लामा तिब्रता दिइरहेको छ ।
सोही अभियान अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा व्यापक रुपमा भित्तेलेखन, सहिद परिवार भेटघाट, राजनैतिक भेटघाट, जनसंगठन निर्माण, उत्पादन कार्यमा सहभागी भइरहेको बताइएको छ ।

 

साथै दलाल सत्ताबाट भइरहेको विकास निर्माणमा ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार, अपारदर्शिताप्रति खबरदारी, सचेत र निगरानी गर्दै जनताको साथमा निरन्तर लागिरहेको नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका जिल्ला सेक्रेटरी युगीनले बताए ।

दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था नै अहिलेको अपरिहार्य आवश्यकता हो भन्दै जिल्लाभरी बहस, छलफलसहित जनसंगठन तथा जनसेवा अभियान पुर्याउने उक्त पार्टीले बताएको छ ।

अभियानमा नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका इन्चार्ज प्रविन, जिल्ला सेक्रेटरी युगीन, पार्टीका विशेष कमिटी सदस्य किरण, जिल्ला सदस्यहरु सुमन,  मुकुन्द, लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :