कपिलवस्तु र अर्घाखाँचीमा नेकपाको स्कुलिङ सम्पन्न

कपिलवस्तु र अर्घाखाँचीमा नेकपाको स्कुलिङ सम्पन्न

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु र अर्घाखाँचीको संयुक्त आयोजनामा कपिलवस्तुमा पार्टी स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार सम्पन्न समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुलिङ विभागका प्रमुख ध्रुवले दुई बर्षको प्रतिबन्धपछि पार्टी स्कुल सञ्चालनले पार्टीमा थपिएको नयाँ जिम्मेवारी पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पार्टीले विकास गरेको नयाँ कार्यनीति अर्थात् संयुक्त प्रगतिशील सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवादबारे सैद्धान्तिक रुपमा स्पष्ट पारेका थिए । उनले स्कुलिङ पश्चात् नेता कार्यकर्तामा नयाँ जिम्मेवारी थपिएको र पार्टी स्कुलिङबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्नु पहिलो आवश्यकता भएको बताए ।

नेकपाका कपिलवस्तु–अर्घाखाँची इन्चार्ज जुझारुले पार्टीले विकास गरेको नयाँ कार्यनीतिबारे, सङ्गठन निर्माण र नेता कार्यकर्ताको वैचारिक–राजनीतिक क्षमता विकासको लागि उक्त पार्टी स्कुल महत्वपूर्ण रहेको बताए । कपिलवस्तु जिल्ला सेक्रेटरी कमलले प्रतिबन्धपछि नयाँ परिस्थितिमा जनतामा पुग्नका लागि उक्त पार्टी स्कुलले महत्वपूर्ण योगदान पुर्याउने बताए ।

प्रशिक्षक सुमन र चिन्तनले नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था हावी भइरहेको अवस्थामा र जनताले नयाँ व्यवस्थाको चाहना राखेकोबेला पार्टी स्कुलले जनतामाँझ यथार्थ ज्ञान सम्प्रेषण गर्न सहज हुने बताए ।

शनिबारदेखि सञ्चालन भएको स्कुलिङ कार्यक्रम बिहीबार सम्पन्न भएको नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी कमलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :