नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता

नेकपा महासचिव विप्लव र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । नेपालका सबै राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम अन्तर्गत शुक्रबार बिहान महासचिव विप्लवले राप्रपा अध्यक्ष थापासँग भेटवार्ता गरेको हुन् ।

काठमाडौँको बुढानिलकण्ठमा भएको भेटमा २ नेताबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको थियो । कम्युनिस्ट नामधारी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्धको बिरोध गरेका थापालाई नेकपाका महासचिव विप्लवले धन्यवाद समेत दिएका छन् ।

यसअघि महासचिव विप्लवले प्रधानमन्त्री समेत रहेका काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपा एमालेका अध्यक्ष केपी ओली र एमाले बरिष्ठ नेता माधव नेपाल लगायतसँग पनि विप्लवले भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :