सङ्घर्ष, त्याग र बलिदानको नमूना हुन् कमरेड पुष्पलाल : विप्लव

सङ्घर्ष, त्याग र बलिदानको नमूना हुन् कमरेड पुष्पलाल : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४३ औँ स्मृति दिवसको अवसरमा श्रद्धापूर्वक स्मरण गर्दै उनको ऐतिहासिक भूमिका र योगदानप्रति उच्च सम्मान् व्यक्त गरेका छन् ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले निरंकुश राणा शासनकै समयमा नेपाली जनताको पूर्ण मुक्तिका निम्ति नयाँ जनवाद, समाजवाद र साम्यवादको महान् लक्ष्यसहित नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नु एक ऐतिहासिक पहलकदमी मात्र नभई नेपालको विशिष्टतामा क्रान्तिको कार्यदिशा निरुपण, साङ्गठनिक विस्तार र विकास, नेपाल समाज र नेपाली राजनीतिमा कम्युनिस्ट विचार र सिद्धान्त स्थापित गर्नुका साथै जनतामा नयाँ आशा र विस्वासको सञ्चार प्रवाह गरेको उल्लेख गरेका छन् ।

नेपाली कम्युनिस्ट आन्दोलन जुन स्तरमा बिस्तार विकास भएकोछ, यसको जगमा सोही सङ्गठन र सिद्धान्त रहेको उल्लेख गर्दै महासविच विप्लवले भनेका छन् ‘पार्टी स्थापनासँगै तत्कालिन राज्यसत्ताको दमनको सामना गर्दै कम्युनिस्ट पार्टी भित्रकै अवसरवाद र आत्मसमर्पणवादविरुद्ध निर्मम सङ्घर्ष गर्नुपर्यो । राजनीतिक रुपले मुलभूत रुपमा ठीक हुँदाहुँदै पनि कमरेड पुष्पलाललाई आफ्नो जीवनकाल र त्यस पश्चात पनि विभिन्न आरोपहरूले प्रताडित गरियो तर अन्ततः उहाँ कम्युनिस्ट पार्टीको सहि नेतृत्व र विचारक, इमान्दार र आदर्श कम्युनिस्ट नेताको रुपमा इतिहासले पुष्टि गरिसकेको छ ।’

२००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरी संस्थापक महासचिव बनेका पुस्पलालका योगदानहरूको चर्चा गर्दै नेकपा महासचिव विप्लवले पुष्पलाल जीवनभर नेपालको राष्ट्रियता, नेपाली जनताको मुक्ति र वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको पक्षमा जीवन पर्यन्त सङ्घर्ष र समर्पित भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । राज्य व्यवस्थाको दमन, चौतर्फी अभाव, भोक र रोगले थलिँदा पनि आफ्नो विचार र लक्ष्यप्रति अविचलित र अडिग रहने पुस्पलालको जीवन आफैँमा सङ्घर्ष, त्याग र वलिदानको अनुकरणीय नमूना भएको बताएका छन् ।

नेपालमा कम्युनिस्ट पार्टीका विभिन्न घटक विस्तार भएपनि कम्युनिस्ट विचार, आदर्श र मूल्य मान्यतामा गम्भीर विचलन भएको देखापरेको बेलामा पुष्पलालप्रति ओठे भक्ति देखाउने नामधारी कम्युनिस्टहरू नै पुष्पलालको विचार, आदर्श र सिद्धान्तबाट विचलित हुँुदै गइरहेको दावी उनले गरेका छन् । पुष्पलाल र नेपालका श्रमिक जनताको सपना पूरा नभएको भन्दै महासचिव विप्लवले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टीले नेपालमा वैज्ञानिक समाजवादका पक्षधर सबै राजनीतिक शक्तिहरूलाई एकीकृत जनक्रान्तिमा ध्रुविकरण र एकताबद्ध हुन हार्दिक अपिल गरेका छन् । प्रेस वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :