अखिल (क्रान्तिकारी) मकवानपुरले बुझाइयो २३ बुँदे मागपत्र

अखिल (क्रान्तिकारी) मकवानपुरले बुझाइयो २३ बुँदे मागपत्र

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले बुधबार मकवानपुर जिल्ला प्रशासन कार्यालय हेटौँडा र बिहीबार हेटौँडा उप-महानगरपालिकामा २३ बुँदे मागपत्र बुझाएको छ ।

देशको पछिल्लो राजनीतिक उथलपुथलका साथै विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको कारण जनमानसमा नैराश्यता उत्पन्न भइरहेको छ । समाजमा दिनप्रतिदिन अपराधिक घटनाहरू घटिरहेका छन् । विकृति विसङ्गति उस्तै मौलाइरहेको छ । जनताका आधारभूत आवश्यकताहरू जनताको पहुँचभन्दा बाहिर पुगेको छ । शैक्षिक क्षेत्रमा व्यापारीकरण बढिरहेको छ । स्वास्थ्य क्षेत्रमा त्यस्तै लुटतन्त्र मच्चिएको छ । यातायात व्यवसायीहरूले पनि यात्रुहरूलाई ठग्नु ठगेका छन् । यस्तो परिस्थितिमा पनि सम्बन्धित निकाय र सरोकारवाला मौन भइरहेकाले तत् विषयवस्तु र समसामयिक समस्याहरूको तत्काल समाधानका लागि केन्द्रीय कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी) मकवानपुरले पनि जिल्ला प्रशासन कार्यालय र हेटौँडा उप-महानगरपालिकामा २३ बुँदे मागपत्र बुझाएको हो ।

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच फागुन २१ मा भएको तीनबुँदे सहमतिको इमान्दारिताका साथ कार्यान्वयन गरियोस् भन्ने विषय समावेश भएको उक्त मागपत्र अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलानद्वारा बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :