महँगी र कालोबजारीबिरुद्ध नेकपा कास्कीद्वारा प्रदर्शन

महँगी र कालोबजारीबिरुद्ध नेकपा कास्कीद्वारा प्रदर्शन

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीले बढ्दो महँगी र कालोबजारीको बिरुद्ध बिरोध प्रदर्शन गरेको छ । राज्य संयन्त्रले जनतामा चरम रुपमा मुल्यबृद्धि गरेको भन्दै बिहीबार पोखराको सृजना चोकदेखि पृथ्वीचोकसम्म र्याली सहित सरकारले गरेको महँगीका बिरुद्ध बिरोध प्रदर्शन गरेको हो ।

पोखराको सृजना चोकदेखि शुरु भएको र्याली बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थ, ग्यास लगायत मुल्यबृद्धि खारेज गर, कालोबजारीलाई कारवाही गर, वैज्ञानिक समाजवाद लागू गर भन्ने नाराहरू सहित पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

उक्त कोणसभालाई अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य सोम माया बिक, कास्की जिल्ला सदस्य काजी गुरुङ लगायतले सम्बोधन गरेका थिए भने सभाको सञ्चालन पोखरा महानगर सेक्रेटरी बद्री अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :