कञ्चनपुरमा आधा दर्जन बढी नेता कार्यकर्ता विप्लव नेकपामा प्रवेश

कञ्चनपुरमा आधा दर्जन बढी नेता कार्यकर्ता विप्लव नेकपामा प्रवेश

कञ्चनपुरमा अन्य पार्टी परित्याग विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आधा दर्जन बढी नेता कार्यकर्ता बिहीवार ध्रुवीकृत भएका छन् । उक्त ध्रुवीकरण अभियान लालझाडी गाउँ कमिटीको आयोजनामा सम्पन्न भएको हो । पछिल्लो पार्टी बैठकको नारा “क्रान्तिकारी एकता र ध्रुवीकरणमा जोड दिऔँ । समुधुर जनसम्बन्ध सहित सुदृढ पार्टी निर्माण गरौंू भन्ने निर्णय अनुसार नेकपा कञ्चनपुर सुदृढ पार्टी निर्माणमा तिब्र रुपमा खटिएको देखिन्छ । साथै उक्त गाउँ कमिटीको पाँचौं पूर्ण बैठक पनि सम्पन्न भएको छ ।

उक्त ध्रुवीकरण कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चनपुर पार्टी जिल्ला सचिव रमेश नेपाली जीवनले बोल्दै अहिलेको परिस्थितिमा हामी सुदृढ र जनतामूखी पार्टी बनाउँदै जनतासँगै सहकार्य गरेर जनताको प्रतिनिधित्व गर्ने व्यवस्थाको निर्माण गर्ने बाटोमा अगाडि बढिरहेको बताए । यो पुजीवादी व्यवस्थाले देशमा कसैका पनि न्यूनतम समस्यालाई हल गर्न नसकेकाले आजसम्म जातीय भेदभाव, वर्गीय असमानता, सामाजिक असुरक्षा, महँगी, घुसखोरी, भ्रष्टाचार चरम रूपमा मौलाएको पनि बताए । जननक्रान्तिको कार्यदिशा लामबद्ध भई एउटा सच्चा नागरिकको भूमिका निर्वाह गर्दै वर्ग विहिन, जाती विहिन, धर्म विहिन, शोषण विहिन आम जनताको नेतृत्व गर्ने सुन्दर व्यवस्था वैज्ञानिक समाजवादको यात्रामा सहकार्य गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । पार्टीले तीन बुँदे सहमति कार्यान्वयन गर्दै जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न र जनतालाई व्यवस्था चुन्ने अधिकार दिने माहोल बनाउन सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा संयुक्त माले, माओवादी केन्द्र, लगायत अन्य पार्टीबाट आधा दर्जन भन्दा बढी नेताहरुले पार्टी प्रवेश गरेका छन् । राजेन्द्र बस्नेत, झिंगा राना, पवन कुँवर, गोविन्द सिंह ठगुन्ना, सन्देश भट्ट, सिलास राना, विशाल राना, राजेश राना, सिर्जित राना लगायत नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् । लालझाडी नगर कमिटी सचिव गोपाल महराले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :