वैदेशिक हस्तक्षेपका विरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा कैलालीमा प्रदर्शन

वैदेशिक हस्तक्षेपका विरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा कैलालीमा प्रदर्शन

पहलमानपुर : अखिल (क्रान्तिकारी) कैलाले वैदेशिक हस्तक्षेपका विरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा प्रदर्शन गरेको छ । कैलालीको पहलमानपुरमा भएको कार्यक्रमलाई अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक सुबास किरण जोशीले सम्बोधन गरेका थिए ।

सम्बोधन गर्दै जोशीले वैदेशिक हस्तक्षेपका विरुद्ध सङ्घर्षमा उत्रिन सबैलाई अपिल गरे । उनले नालायक, दलाल, भ्रष्ट, कमिसनखोर सरकारकै कारण लिपुलेक, कालापानी र सुस्ता लगायत ठाउँहरूमा छिमेकीले दिनहुँ जसो सिमा अतिक्रमण बढाएको, सिमाक्षेत्रका नागरिकलाई विभिन्न बाहानामा दुःख दिने कार्यप्रति निन्दा एवम् भत्र्सना गर्दै राष्ट्रिय स्वाधीनताको लडाइँमा एक ढिक्का भएर अगाडि बड्न आम युवा विद्यार्थी र समग्र जनसमुदायलाई आग्रह गरे । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ता राष्ट्रघाती सम्झौता गरि सार्वभौम देशलाई साम्राज्यवादी सेनाको अखाडा बनाउन खोजे जस्तोसुकै प्रतिरोध सङ्घर्ष गर्न तयार रहेको चेतावनीसमेत जोशीले दिए । यस्तै उनले सरकारले लिपुलेक, कालापानी, सुस्ता लगायत सिमा क्षेत्रका बिषयमा छिमेकी देशसँग तत्काल वार्ता गरि सिमा समस्या समाधान गर्नसमेत आग्रह गरे ।

प्रदर्शनमा सिमा हस्तक्षेप बन्द गर, लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो ।, सुगौली सन्धि लगायत सबै असमान सन्धि सम्झौताहरू खारेज गर ।, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ।, सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर । जस्ता नाराहरू लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :