जनताको खेतबारीमा श्रम रोपेर सिर्जना उमार्दै सामनाका कलाकार

जनताको खेतबारीमा श्रम रोपेर सिर्जना उमार्दै सामनाका कलाकार

मकवानपुर : यतिबेला किसानहरू मानो रोपेर मुरी उब्जाउने अभियानमा छन् । श्रमिक जनताको प्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पनि जनताको खेतबारीमा श्रमदान गरिरहेका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली केन्द्रीय सामना परिवार पनि पार्टीको योजनामा समाहित हुँदै विगत १ महिनादेखि निरन्तर जनताको खेतबारीमा श्रम रोपेर सिर्जनारूपी अन्नबाली उमार्ने अभियानमा लामबद्ध छ । यसै क्रममा सामना परिवारका कलाकारहरू मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ डोठेमा जनसमुदायबीच श्रमदान गरिरहेका छन् ।

कोरोना भाइरस सङ्क्रमण र त्यसबाट उत्पन्न सङ्कटले जनजीवन नराम्रोसँग थिलथिलो भएको बेला सामना परिवारका कलाकाहरू जनताको खेतबारीमा हिउँदमा रोपेको धान काटेर बर्खा मौसमको धान रोप्ने, आली लगाउने, मकै भाँच्ने, ओसार्ने काम गरिरहेका छन् ।

टोलीले पार्टी सदस्य, पार्टी समर्थक, शुभचिन्तक र जनताको घरमा गएर काम गरिरहेको छ । जनश्रम अभियानमा १५ जनाको टोली सहभागी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :