राष्ट्रिय स्वाधीनताको पक्षमा अखिल (क्रान्तिकारी) दाङद्वारा जनप्रदर्शन

राष्ट्रिय स्वाधीनताको पक्षमा अखिल (क्रान्तिकारी) दाङद्वारा जनप्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति दाङले लमहीमा राष्ट्रिय स्वाधीनताको पक्षमा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु (क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले राष्ट्रिय स्वाधीनताको सवालमा संगठनले निर्मम संघर्ष गर्दै आएको बताए ।उनले वैदेशिक हस्तक्षेप,राष्ट्रघाती,असमान सन्धी(सम्झौता पूर्ण खारेजीको माग गरे।विद्यार्थी नेता अनिलले संगठन निरन्तर राष्ट्रिय स्वाधीनता, जनताको अधिकार, शिक्षामा समान अधिकारका लागि स्थापनाकालदेखि संघर्षरत रहेको बताए । राष्ट्रलाई विदेशी पन्जाबाट मुक्त गर्न बलिदानको उच्च कोटा चुक्ता गर्न पनि संगठन तयार रहेको नेता अनिलले उद्घोष गरे ।

राष्ट्रिय स्वाधीनताको पक्षमा भएको जनप्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी लमही नगर इन्चार्ज जनकले संसदीय व्यवस्थाको कारणले राष्ट्रिय स्वाधीनता सर्वाधिक संकटमा रहेको धारणा राखे । नगर इन्चार्ज जनकले राष्ट्रघाती एमसीसी सम्झौता संसदवादी दलालहरुले जबर्जस्ती पास गर्न खोजे जनताले भयानक विद्रोह गर्ने उद्घोष गरे । उनले,ू एमसीसीमार्फत देश बेच्न खोज्नेजरुलाई जनताले गाउँ(शहरबाट लखेटने पििन उल्लेख गरे ।
एक फरक प्रसंगमा इन्चार्ज जनकले वास्तविक शान्ति,समृद्धि, स्वाधीनता, जनताको अधिकारका लागि वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाको विकल्प नरहेको जिकिर गरे । उनले जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद कि दलाल पुजीवादी संसदीय व्यवस्था भन्ने विषयमा जनताको जनमतद्वारा फैसला हुने निर्वाचन गर्न राज्य तयार हुनुपर्ने धारणा राखे ।

जनप्रदर्शन कार्यक्रममा राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, असमान सन्धी(सम्झौता खारेज गर, सिमा अतिक्रमण बन्द गर, कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, देश बेच्न पाइदैन, दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद जस्ता नारा लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :