दलाल संसदीय व्यवस्था अन्त्य गर्न समाजवादीको जनमत बढ्दो

दलाल संसदीय व्यवस्था अन्त्य गर्न समाजवादीको जनमत बढ्दो

कञ्चनपुर : कञ्चनपुरमा अन्य पार्टी त्यागी नेकपामा दर्जनौँ नेताहरू बुधबार ध्रुवीकृत भएका छन् । राष्ट्रिय जनमोर्चा, नेपाली काङ्ग्रेस र माओवादी केन्द्र त्यागेर दर्जन भन्दा बढी नेताहरू नेकपामा प्रवेश गरेका हुन् ।

उक्त ध्रुविकरण अभियान कृष्णपुर नगर कमिटीको आयोजनामा कञ्चनपुरको गुलरियामा सम्पन्न भएको हो । पछिल्लो पार्टी वैठकको नारा “क्रान्तिकारी एकता र ध्रुविकरणमा जोड दिऔँ ! समधुर जनसम्बन्ध सहित सुदृढ पार्टी निर्माण गरौँ !!” भन्ने निर्णय अनुसार नेकपा कञ्चनपुर सुदृढ पार्टी निर्माणमा तिब्र रुपमा खटिएको देखिन्छ ।

उक्त ध्रुविकरण कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चनपुर पार्टी जिल्ला सचिव रमेश नेपाली ‘जीवन’ ले बोल्दै अहिलेको परिस्थितिमा हामी सुदृढ र जनतामुखी पार्टी बनाउँदै जनतासँगै सहकार्य गरेर जनतको प्रतिनिधित्व गर्ने व्यवस्थाको निर्माण गर्ने बाटोमा छौँ । यो पुँजीवादी व्यवस्थाले देशमा कसैका पनि न्यूनतम् समस्यालाई हल गरेको छैन उल्टो झन् आजको दिनमा जातीय भेदभाव, वर्गीय असमानता, सामाजिक असुरक्षा, महँगी, घुसखोरी, भ्रष्टाचार चरम रूपमा मौलाएको छ र यी कुराको सरकार र सत्तामा बसेकाहरूमालाई वास्तै छैन उनीहरूलाई त के भन्नुहुन्छ भने आफू कसरी सत्तामा बसिरहने, कसरी आसेपासेलाई प्राथमिकता दिने या आफू कसरी यो सत्ताको नायक बन्ने भन्ने चिन्ता छ । त्यसो हुँदा यी सबै पराजयको पराकाष्ट भनेको यो असफल संसदीय व्यवस्था हो । एकीकृत जनक्रान्तिको कार्यदिशा लामबद्ध भई एउटा सच्चा नागरिकको भूमिका निर्वाह गर्दै वर्ग विहीन, जाति विहीन, धर्म विहीन, शोषण विहीन आम जनताको नेतृत्व गर्ने सुन्दर व्यवस्था वैज्ञानिक समाजवादको यात्रामा सहकार्य गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले हाम्रो पार्टीले तीनबुँदे सहमति कार्यान्वयन गर्दै जनमतसङ्ग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न र जनतालाई व्यवस्था चुन्ने अधिकार दिने माहोल बनाउन सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा माले, माओवादी केन्द्र, नेपाली काङ्ग्रेस लगायत अन्य पार्टीबाट एक दर्जन भन्दा बढी नेताहरूले पार्टी प्रवेश गरेका छन् । प्रवेश हुनेमा रामसिंह बिष्ट, देबकी ऐर, घुम्मन् डगौरा, दीर्घराज उपाध्याय, नवराज भट्ट, बानुराम चौधरी, प्रकाश विक, चन्द्र ताम्राकार, हिक्मत चौधरी, खडक बोहोरा, गुणराज भट्ट, टेकराज भट्ट, राजकुमारी चौधरी, हरिना रावल लगायतका नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकरण भएका छन् । नगर इन्चार्ज इन्द्र मडैँको अध्यक्षतामा सो कार्यक्रममा स्वस्थ्य विभाग प्रमुख राम भट्टले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :