गुल्मीमा जनसेवा अभियानको उद्घाटनसँगै युवा र दलित सङ्गठन निर्माण

गुल्मीमा जनसेवा अभियानको उद्घाटनसँगै युवा र दलित सङ्गठन निर्माण

तम्घास : नेपाल कम्युनिस्ट पार्टीको जनसेवकले गुल्मीको तम्घास नगरपालिकामा जनसेवा तथा जनसङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ । तम्घास नगरपालिकाको सिमिचौरमा बुधबार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् पाल्पा-गुल्मी जिल्ला इन्चार्ज अपेक्षाले अभियान उद्घाटन गरेकी हुन् ।

अभियान उद्घाटन गर्दै अपेक्षाले वर्तमान संसदीय व्यवस्थाले राष्ट्र र जनताको पक्षमा काम नगरेकोले यसको विकल्पमा अनिवार्य वैज्ञानिक समाजवादी व्यवस्था भएको बताइन् । उनले यो व्यवस्थाले मात्रै देश र जनताको रक्षा गर्दै स्थायी शान्ति समृद्धि ल्याउन सक्ने बताइन् । अपेक्षाले हाम्रो पार्टीले सारेको एकीकृत जनक्रान्तिको निरन्तर अभियान कै क्रममा सरकारसँग भएको तीनबुँदे सहमति इमानदारी पूर्वक कार्यावन्यन गरेर सरकार र सम्पूर्ण जनताहरू हाम्रो पार्टीले सारेको जनमतसङ्ग्रहमा सहभागी भएर वैज्ञानिक समाजवादी व्यवस्थालाई जिताउन अपिल गरिन् ।

अभियानमा अभियान टोलीका सदस्य सुकुमारले देश र जनताको लागि आफूहरूले धोका नदिएर निरन्तर लागिरहेको र सम्पूर्ण जनताहरू, युवाहरू निरन्तर हाम्रो पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिमा सहभागी हुन अपिल गरे । यस्तै अभियान उद्घाटन सकिएलगत्तै सोही मञ्चबाट युवा सङ्गठन, नेपालको ९ सदस्यीय र दलित मुक्ति मोर्चा नेपालको ७ सदस्यीय कमिटी गठन समेत गरिएको छ ।

कार्यक्रमको सञ्चालन गुल्मी जिल्ला सेक्रेटरी हिमालले गरेका थिए भने अभियानमा १ दर्जन जिल्ला, क्षेत्रीय र केन्द्रीय नेताहरूको सहभागी रहेको थियो । उक्त अभियान साउन र भदौ महिनाभरि चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :