यातायात व्यवसायीले गरेको चर्को भाडा असुलीका विरुद्ध विरोध

यातायात व्यवसायीले गरेको चर्को भाडा असुलीका विरुद्ध विरोध

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल रुपन्देही जिल्ला समितिले यातायात व्यवसायीले चर्को भाडा असुली गरेको भन्दै सार्वजनिक यातायातमा अनुगमन गरेको छ । शनिबार यातायात व्यवसायीले गरेको चर्को भाडा असुलीका विरुद्ध विरोध कार्यक्रम अन्तर्गत सङ्गठनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा रुपन्देहीका विभिन्न स्थानहरूमा आन्तरिक तथा बाह्य सवारी साधनहरू रोकेर सोधपुज गरी अनुगमन गरिएको युवा सङ्गठन रूपन्देहीले जनााएको छ ।

अनुगमनका क्रममा सङ्गठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले कोरोना महामारी र प्राकृतिक विपत्तिको बेला केही सवारी साधनहरूले दोब्बर भाडा असुली गरेको भन्दै सबै यात्रुहरूलाई सचेत हुन अपिल गरे । यस्तै सङ्गठनका पूर्व महासचिव सागरले पछिल्लो समय सरकारले सार्वजनिक यातायातमा गरेको भाडाबृद्धिको नाउँमा जनताको दाड सेक्ने गरी भाडा असुली नगर्न यातायात व्यवसायीलाई अनुरोध गरे ।

सङ्गठनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीले राज्य नै अनुत्तरदायी भएर केही यातायात व्यवसायीले सार्वजनिक यातायातमा सरकारले सार्वजनिक गरेको पछिल्लो भाडाबृद्धिको नियम पनि उल्लङ्घन गरेको बताए ।

यात्रुहरूले न्यायको अनुभूती भएको महसुस गर्दै सङ्गठनको कार्य अति सराहनीय भएको भन्दै सङ्ठनप्रति धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा युवा, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । रुपन्देहीको बुटवलस्थित चौडाहामा ब्यानर टाँगेर कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :