चर्को भाडाको विरोध गर्दा अछाममा नेकपा नेता कार्यकर्ता गिरफ्तार

चर्को भाडाको विरोध गर्दा अछाममा नेकपा नेता कार्यकर्ता गिरफ्तार

अछाम:  युवा संगठन नेपालको केन्द्रिय निर्देशन अनुसार लामो तथा छोटो दूरीका यातायात व्यवसायीले असुली गरेको चर्को भाडाका विरुद्ध विरोध कार्यक्रम गर्दा नेकपाका ६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । अछामको साँफेबगर नगरपालिकामा सवारी साधन माथि अनुगमन गरिरहेको बेला ईलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उक्त कार्यक्रमबाट पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी अछामका सचिवालय सदस्य निरक शाही , अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष दिपेन्द्र जैगडी, युवा संगठन नेपाल अछामका, अध्यक्ष शेरबाहादुर साउद, दलित मुक्ति मोर्चा नेपाल अछामका उपाध्यक्ष झपड विक, युवा संगठन अछामका सचिव कुमार खत्री, सचिवालय सदस्य गोकर्ण विष्ट रहेका छन् । उनीहरूलाई साँफेबगर प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर छोडेको छ।
रिहा भइसकेपछि शान्तिपूर्ण रूपमा जनपक्षीय काम गर्दा प्रहरीले दमन गर्नु फासीवादी चरित्र भएको, जनतालाई असुरक्षित र अफ्ठेरो महसुस हुने कुनै पनि सवालमा आफूहरु जनताको पक्षमा उभिन तयार रहेको कुरा बताएका छन् ।

अनुगमनको क्रममा यात्रुहरुले युवा संगठन नेपाल अछामको कर्यक्रम जनतालाई राहत दिने खालको रहेको, चर्को भाडा असुल्ने यातायात व्यवसायीलाई खबरदारी गर्दा निमुखा जनताको पक्षमा आवाज उठाउने संगठन पाएको महसुस भएको भन्दै युवा संगठन अछामलाई धन्यवाद दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :