मुल्य वृद्धि र बढ्दो कालोबजारीलाई तत्काल नियन्त्रण गर्न युवा संगठनको माग

कपिलवस्तु र अछाममा भएको प्रहरी प्रशासनको हस्तक्षेपप्रति खेद व्यक्त

मुल्य वृद्धि  र  बढ्दो कालोबजारीलाई तत्काल नियन्त्रण गर्न युवा संगठनको माग

जनताको ढाड सेक्ने गरि गरिएका चर्को मुल्य वृद्धिहरुलाई तत्काल फिर्ता लिई र बढ्दो कालोबजारीलाई तत्काल नियन्त्रण गर्न युवा संगठन नेपालले जोडदार माग गरेको छ ।
युवा संगठन नेपालका अध्यक्ष पाटन जंगलीले एक प्रेस विज्ञप्ती जारी गरी नागरिकहरु बेरोजगारी बन्दै, रोग र भोगसँग जीवन मरणको लडाई लडिरहेका अवस्थामा राज्यले नागरिकको साथ दिनुको अलावा पेट्रोलियम पदार्थ र यातायात भाडा लगायतका वस्तुमा गरेको चर्को मुल्यवृद्धिप्रति संगठनको तर्फबाट घोर विरोध गरेका छन् ।
यसैक्रममा यातायात व्यवसायीहरुले लिईरहेको अनाधिकृत चर्को भाडाका विरुद्ध युवा संगठनले केन्द्रिय कार्यक्रम अन्तरगत हिजो देशभर सवारी साधन चेकजाँच तथा अनुगमन कार्यक्रम सम्पन्न गरेको विज्ञप्तीमा उल्लेख छ । उक्त कार्यक्रम गर्दा कपिलवस्तु र अछाम लगायतका ठाउँहरुमा भएका प्रहरी प्रशासनको हस्तक्षेपप्रति युवा संगठन नेपालले खेद व्यक्त गरेको छ ।

प्रेस विज्ञप्तीको पूरा पाठ-

आज देश कोरोना महामारीले आक्रान्त बनिरहेको छ । यो अवधिमा नागरिकहरु रोग र भोकले अकालमै ज्यान गुमाउन विवस भएका छन् । यो पिडाको घडिमा राज्यले नागरिकको अभिभावत्त्व ग्रहण गर्नु पर्ने प्रमुख दायित्व बन्नु पर्ने हो, तथापि त्यसो हुन सकिरहेको छैन । कोरोना र त्यसबाट सृजित लकडाउनबाट सम्पूर्ण उद्योग, व्यवसायी, कलकारखाना तथा साना, ठुला व्यवसायीह्र धराशायी हुने खतरा बढ्दै गएको छ । लकडाउनको सबैभन्दा बढी मारमा मजदुर, किसान तथा गरि खाने वर्गलाई पर्न गएको छ । यस्तो अवस्थामा राज्यले सम्पूर्ण जनताको गाँस, बाँस र स्वास्थ्यको ग्यारेन्टी लिनु पर्दछ ।

यो अवधिमा बढ्दै गएको कालोबजारी, महंगी र राज्यले संस्थागत रुपममा बढाउदै गएका मूल्य वृद्धिप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकहरु बेरोजगारी बन्दै, रोग र भोगसँग जीवन मरणको लडाई लडिरहेका छन् । यस्तो अवस्थामा राज्यले नागरिकको साथ दिनुको अलावा पेट्रोलियम पदार्थ र यातायात भाडा लगायतका वस्तुमा गरेको चर्को मुल्यवृद्धिप्रति हाम्रो संगठन घोर विरोध गर्दछ । यसैक्रममा यातायात व्यवसायीहरुले लिईरहेको अनाधिकृत चर्को भाडाका विरुद्ध हाम्रो संगठनको केन्द्रिय कार्यक्रम अन्तरगत सवारी साधन चेकजाँच तथा अनुगमन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा कपिलवस्तु र अछाम लगायतका ठाउँहरुमा भएका प्रहरी प्रशासनको हस्तक्षेपप्रति हाम्रो संगठन खेद व्यक्त गर्दछ । अततः राज्य स्वयमले जनता ढाड सेक्ने गरि गरिएका चर्को मुल्य वृद्धिहरुलाई तत्काल फिर्ता लिई बढ्दो कालोबजारीलाई तत्काल नियन्त्रण गर्न हाम्रो संगठन जोडदार माग गर्दछौँ ।

क्रान्तिकारी अभिवादनसहित

२०७८ श्रावण २ पाटन जंगली
संयोजक
युवा संगठन नेपाल
केन्द्रिय समिति

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :