चितवनमा नेकपाद्वारा खेत रोपाइँ

चितवनमा नेकपाद्वारा खेत रोपाइँ

नेपाल कम्युनिस्ट पार्टी चितवनले शनिबार भरतपुर महानगरपालिका–२६ मा खेत रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । ‘श्रम र उत्पादनमा आधारित पार्टी निर्माणको दिशामा अघि बढौँ ’ भन्ने उद्देश्यका साथ नेकपा चितवनले चितवन जिल्ला इन्चार्ज सन्देश, सेक्रेटरी मिनप्रसाद सापकोटा, विशेष कमिटी सदस्य महेश चौधरीको उपस्थितिमा खेत रोपाई कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।

खेत रोपाइँ कार्यक्रममा नेकपाका स्थानीय नेताकार्यकर्तासहित विभिन्न जनवर्गीय सङ्गठनहरुको उत्साहजनक सहभागिता रहेको जिल्ला इन्चार्ज सन्देशले जानकारी दिए । उनले भरतपुर महानगरपालिकापछि पुर्वी चितवन र माडीमा समेत खेत रोपाइँ कार्यक्रम राखिएको बताएका छन् । यस अघि नेकपाले केही दिन अगाडि भरतपुर महानगरपालिका–८ मा खेत रोपाइँ कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :