मनपरी भाडा असुली विरूद्ध जनकपुर ब्युरो अन्तरगतका जिल्लामा पनि भाडा अनुगमन

मनपरी भाडा असुली विरूद्ध जनकपुर ब्युरो अन्तरगतका जिल्लामा पनि भाडा अनुगमन

कोभिड १९ दोस्रो चरणको लकडाउनसँगै जनता मारमा परेको मौका छोपी जनतालाई लुट मच्चाउने किसिमले यातायात व्यवसायीले मनपरी भाडा असुलेको जनगुनासो आएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले जनकपुर ब्युरो अनतर्गतका जिल्लामा गाडीमा भाडा अनुगमन गरेको छ ।

जनकपुर ब्युरो अन्तरगतका महोत्तरी, सर्लाही, सिन्धुली लगायतका जिल्लाका युवाहरुले मनपरी भाडा असुलीको विरुद्धमा अनुगमन गरेको युवा संगठन नेपाल जनकपुर ब्युरो इन्चार्ज बिचारमान थिङले बताए ।

महोत्तरीको नेतृत्व युवा संगठन नेपाल जिल्ला अध्यक्ष प्राणकुमारले गरेका थिए । मुल्य वृद्धि विरुद्ध अनुगमन गर्दा चर्को भाडा असुलेको पाएको र मुल्य वृद्धि विरुद्ध विरोध तथा अनुगमन गर्दा यात्रुहरु खुशी भएको बताइएको छ ।

साथै युवा संगठन निरन्तर कालोबजारी, भ्रष्टाचारी, महङ्गी र सामाजिक विकृती विरुद्ध संघर्ष गर्दै आएको सबै न्यायप्रेमि जनसमुदायमा अवगत गराउँदै अझ मुल्य वृद्धि नरोके थप कडा संघर्ष गर्ने युवा संगठन नेपालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :