पाल्पामा नेकपा निकट जनवर्गीय सङ्गठनहरुको संयुक्त बैठक सम्पन्न

पाल्पामा नेकपा निकट जनवर्गीय सङ्गठनहरुको संयुक्त बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी निकट पाल्पामा सक्रिय जनवर्गीय सङ्गठनहरुको बैठक सम्पन्न भएको छ । बैठकले जनवर्गीय सङ्गठनहरुको सङ्गठन विस्तार तथा जनसेवा अभियान संयुक्त रुपमा संचालन गर्ने निर्यण समेत गरेको छ ।

यस्तै यहीँ साउन ५ गते युवा सङ्गठन नेपाल पाल्पाले केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यलय पाल्पामा बन्दी रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाउने, साउन १५ गते तानसेन सदरमुकाममा राष्ट्रघात, भ्रष्टाचार, महँगी, कालोबजारी, तस्करी, हत्याहिंसा, बलात्कार, मूल्यवृद्धि लगायतका विषयमा जनवर्गीय सङ्गठनहरुको संयुक्त रुपमा विरोध प्रदर्शनको कार्यक्रम पनि घोषणा गरेको छ ।

यस्तै सरकारी कार्यलयहरुमा चुच्चे नक्सा राख्न र जनतालाई कोरोना खोप उपलब्ध गराउन जनप्रदर्शन गर्ने र अन्य पार्टी, मोर्चाहरुसँग मुद्दा मिल्ने विषयहरुमा संयुक्त मोर्चा निर्माण गर्ने निर्यण पनि गरेको बताइएको छ ।

बैठकमा दश वटा जनवर्गीय सङ्गठनहरुका जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो । नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला सचिव प्रभातको अध्यक्षतामा तथा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा–गुल्मी जिल्ला इन्चार्ज अपेक्षाको प्रमुख आतिथ्यिमा शनिबार तानसेनमा उक्त बैठक सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :