तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपाद्वारा दाङमा दबाबमूलक प्रदर्शन

सहमति अक्षरंस कार्यान्वयन नगरे ठूलो मूल्य चुकाउनुपर्ने उद्घोष

तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपाद्वारा दाङमा दबाबमूलक प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य निर्मलले सरकारले आफ्नो पार्टीसँग गरेको तीन बुँदे सहमति अक्षरंस कार्यान्वयन नगरे ठूलो मूल्य चुकाउनुपर्ने उद्घोष गरेका छन् ।

उनले पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले जिल्लाको हापुरेमा आयोजना गरेको सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि दबाबमूलक प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त उद्घोष गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर दंगीशरण गाउँपालिकाका इन्चार्ज समेत रहेका नेता निर्मलले वार्ताद्वारा प्रचण्ड बाबुरामलाई आत्मसमर्पण गराए जस्तो नसोच्न चेतावनी दिए । उनले भने, –‘आत्मसमर्पण गराउने, नेपाल र नेपाली जनतालार्ई धोका दिने धोकापुर्ण सम्झौता गर्ने कुचेष्टा नगर्न आग्रह गर्छु ।’

इन्चार्ज निर्मलले वैज्ञानिक समाजवाद कि दलाल पुजीवादी संसदीय व्यवस्था भन्ने विषयमा जनमत संग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालार्इ दिनु नै लोकतन्त्रको उच्चतम प्रयोग भएको धारणा राखे । उनले वैज्ञानिक समाजवाद पक्षधरहरुले अत्याधिक जनमत प्राप्त गर्ने विस्वास व्यक्त गरे । वैज्ञानिक समाजवाद विरोधी एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, सेना, प्रहरी, राष्ट्रवादी कोही पनि नभएको भन्दै इन्चार्ज निर्मलले वैज्ञानिक समाजवाद जनताको व्यवस्था भएको उद्घोष गरे । उनले भने, –‘वैज्ञानिक समाजवादी राज्य व्यवस्थाले जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको पूर्ण ग्यारेन्टी गर्छ ।’

दबाबमुलक प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता अखिल (क्रान्तिकारी) राप्ती व्युरो संयोजक दिपकले पार्टीसँग सरकारले गरेका तीन बुँदे सहमति अक्षरंस पालना गर्न जोडदार माग गरे । पार्टीलाई निस्तेज पार्न, युद्धमा धकेल्न केपी सरकारले प्रतिबन्ध लागाएको तर पार्टीले सचेततापुर्वक शान्तिपूर्ण ढंगले आफ्ना कार्यक्रम अघि बढाएको उल्लेख गरे । उनले देशमा द्वन्द, अर्को जनयुद्धको आवश्यकता नभएको तर राजनीतिक क्रान्ति पूरा गर्न एकीकृत जनक्रान्ति निरन्तर अगाडि बढाइरहने धारणा व्यक्त गरे । जनतामा गरेका बाचा पूरा गर्न नसकेपछि आफ्ना गल्ती कमजोरीहरुलाई ढाकछोप गर्न आफुहरुलाई प्रतिबन्ध लगाएको संयोजक दिपकको भनाइ थियो । संयोजक दिपकले तीन बुँदे सहमति कार्यान्वयन गर्न र नेताकार्यकर्ता माथी लगाइएका झुठा मुद्दा अबिलम्ब खारेज गर्न माग गरे ।
दबाबमूलक विरोध प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अमरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :