युवा सङ्गठन नेपाल, नवलपुरद्वारा विरोध कार्यक्रम

युवा सङ्गठन नेपाल, नवलपुरद्वारा विरोध कार्यक्रम

कावासोती : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल, नवलपुरले जिल्लास्थित कावासोती नगरपालिकामा विरोध कार्यक्रम सम्पन्न गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको बहाना देखाउँदै कतिपय यातायात व्यवासायीले मनपरी भाडा असुली गरेको भन्दै उक्त सङ्गठनले जिल्ला भित्रका आन्तरिक र बाह्य सवारीसाधनहरू रोकेर सोधपुछ गरि अनुगमन गरेको हो ।

सङ्गठनको देशव्यापी सङ्घर्षका कार्यक्रम अन्तर्गत उक्त सङ्गठनले जिल्लामा पनि सक्रियता बढाएको छ । युवा सङ्गठन नेपाल, नवलपुरका अध्यक्ष अविनाशको नेतृत्वमा नेता कार्यकर्ताको उपस्थितिमा रातो टिसर्टमा व्यानरसहित आएका युवाहरूले अनुगमन गरेका हुन् । केही सवारीसाधनले बढी शुल्क असुलेको भन्दै उक्त सङ्गठनले फिर्ता समेत गराएको पाइएको छ । यसक्रममा यात्रुहरूले आफूले न्यायको महसुस गरेको भन्दै आयोजक युवा सङ्गठन नेपाललाई धन्यवादसमेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :