ढकारी गाउँपालिकामा अनियमितताको विरुद्ध संयुक्त दलको तालाबन्दी

ढकारी गाउँपालिकामा अनियमितताको विरुद्ध संयुक्त दलको तालाबन्दी

अछाम : अछामको ढकारी गाउँपालिकामा विभिन्न असन्तुष्टि राख्दै नेपाल कम्युनिस्ट पार्टी, नेकपा एमाले र नेपाली काँङ्ग्रेस पार्टीका कार्यकर्ताले संयुक्त ताला बन्दी गरेका छन् ।

काम सम्पन्न गरिएका योजनालाई भुक्तानी नदिई मापदण्ड विपरीत आफू निकटका काम सम्पन्न नगरिएका योजनामा रकम निकासा गरिएको, दुई पटकको सामाजिक सुरक्षा आर्थिक वर्ष सकिँदा पनि वितरण नगरेको, विद्युत विस्तारमा अवैध कोटेशन गरेको, जनता आवास कार्यक्रम अन्तर्गत खरले छाएको छानो विस्तापित कार्यक्रमा जनताले रकम अहिले सम्म नपाएको, लगायतका अनियमितता भएको भन्दै ताला बन्दी गर्नुपरेको कुरा नेपाल कम्युनिस्ट पार्टी अछामका कार्यालय सचिव लोकेन्द्रबहादुर शाहीले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट लोकेन्द्रबहादुर शाही, नेकपा एमालेका तोपबहादुर शाही, नेपाली काँङ्ग्रेसका प्रकाश साउँद, अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज रमेश बिसी, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य इन्द्र साउँद लगायतका नेता तथा सर्वसाधारणले तालाबन्दी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :