नेकपा दाङ निरन्तर धान रोपाइँ र जनश्रमदानमा व्यस्त

नेकपा दाङ निरन्तर धान रोपाइँ र जनश्रमदानमा व्यस्त

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुर उप-महानगरपालिका–१६ डोक्रेनामा कुल ३ बिघा जमिनमा धान रोपाइँ सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी यतिबेला उत्पादनमा सक्रिय भइरहेको बेला नेकपा दाङले पनि जिल्लाका विभिन्न ठाउँमा धान उत्पादन गर्न लागेको नेकपा दाङ जिल्ला उत्पादन बिभाग प्रमुख किरणले बताए ।

पार्टीका नेता कार्यकर्ताले उपभोग गर्ने तथा असहाय, सुकुमबासी, अति विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले धान उत्पादन गर्न लागिएको प्रमुख किरणले बताए ।

धान रोपाइँमा नेपाल कम्युनिस्ट पार्टीका दाङ जिल्ला सेक्रेटरी प्रदिप, तुलसीपुर नगर इन्चार्ज विकाश, जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता र स्थानीय जनताहरूले जनश्रमदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :