अखिल (क्रान्तिकारी) काठमाडौँद्वारा विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही

अखिल (क्रान्तिकारी) काठमाडौँद्वारा विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँले टोखा नगरपालिका ग्रीनल्याण्डस्थित काठमाडौँ विद्याकुञ्ज सेकेन्डरी स्कूललाई कारवाही गरेको छ । कोरोना महामारीको बेला शुल्क वृद्धि गरिएको, अतिरिक्त कक्षाका नाममा अभिभावकहरूबाट चर्को शुल्क असुल गरिएको, अभिभावकहरूले स्कूल प्रशासनसँग छलफल गर्न खोज्दा व्यवस्था गरेको भन्दै सङ्ंगठनले स्कूलको गेटमा कालो व्यानर टाँसेर साङ्केतिक कारवाही गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै सङ्गठनका केन्द्रीय सदस्य मदन चन्दले कोरोना कहरले जनता हातमुख जोर्न नसक्ने अवस्थामा पुगेका छन् तर केही निजी विद्यालयहरूले गरेको मनपरी शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै स्कूल प्रशासनले तत्काल अभिभावकका मागहरू सम्वोधन नगरे सङ्गठनले कडा कारवाही गर्ने चेतावनी दिएका थिए । कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द विष्टले रगतको भेलबाट जन्मेको विधार्थी सङ्गठन स्थापना कालदेखि नै शैक्षिक क्षेत्रमा व्याप्त निजीकरण, व्यापारीकरण, दलालीकरण, माफियाकरण र भ्रष्टाचारसँगै जनताका जनजीवनका एजेण्डाहरू निरन्तर उठाउँदै आइरहेको छ ।
दिलबहादुर रम्तेलदेखि प्रज्वल शाहीहरूले परिवर्तनका निम्ति रगत बगाए आवश्यक परे फेरि रगत बगाउन तयार भएको भन्दै शैक्षिक माफियाहरूले तत्काल अभिभावकहरूका मागहरू सम्वोधन गर्न जोडदार माग गरे ।

अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला विगत केही समयदेखि निरन्तर शैक्षिक विकृतिका विरुद्ध सङ्घर्ष गरिरहेको छ । गौशालास्थित प्यारागन स्कूलले अभिभावक तथा पत्रकारमाथि गरेको दुव्र्यवहारको विरोध गर्दै अभिभावकका मागहरू सम्वोधन गर्न स्कूल प्रशासनलाई बाध्य पारेको थियो । एसईईको रिजल्ट प्रकाशित नहुँदै केही निजी विद्यालयहरूले भर्ना लिन थालेपछि सङ्गठनले काठमाडौँ जिल्ला अन्तर्गतका स्थानीय निकाय, प्याव्सन, एनप्याव्सन, हिसानलाई मागपत्र बुझाइरहेको छ ।

एसईईको रिजल्ट प्रकाशन नहुँदै अधिकांश संस्थागत विद्यालयले भर्नाका नाममा अभिभावकहरूबाट चर्को शुल्क असुल गरिरहेका छन् । राज्य मुकदर्शक बनेर लुटखसोटको साक्षी बनिरहेको छ । जसले राज्यकै मिलिमतोमा लुटधन्दा चलिरहेको आभाष आम जनतालाई भएको भन्दै सङ्गठनले उल्लेखित मागहरू तत्काल सम्वोधन गर्न माग गरेको थियो ।

१) एसईईको रिजल्ट प्रकाशन नहुँदै निजी विद्यालयले कक्षा ११ को भर्नाको नाममा गरिएको शुल्क असुली बन्द गरियोस् साथै शुल्क अशुल्ने विद्यालयलाई तत्काल कारवाही गरियोस् ।

२) शिक्षण संस्थाहरूले यो विषम परिस्थितिमा गरेको शुल्क वृद्धि खारेज गरियोस् । भर्ना शुल्क, वार्षिक शुल्क, गाडीभाडा, खेलकुद लगायतका विभिन्न शिर्षकमा असुल गरिएको शुल्क तत्काल बन्द गरियोस् ।

३) निजी विद्यालयले अनलाईन शिक्षाका नाममा गरिएको लुट बन्द गरियोस् । भौतिक रुपले कक्षा सञ्चालन नभएको समयमा साविकको शुल्कमा छुट गरियोस् । शुल्क निर्धारण समितिले आम जनताको पहुँचमा हुने गरि वैज्ञानिक ढङ्गले शुल्क निर्धारण गरियोस् ।

४) सबै शैक्षिक संस्थाहरूमा कार्यरत शिक्षक कर्मचारी र विद्यार्थीहरूलाई तत्काल निःशुल्क कोभिड भ्याक्सिनको व्यवस्था गरि भौतिक रुपमा कक्षा सञ्चालन गर्ने वातावरण बनाइयोस् । विद्यार्थीहरूलाई अध्यनका लागि आवश्यक कम्प्युटर र ईन्टरनेटको व्यवस्था गरियोस् ।

५) सरकारी विद्यालयले विभिन्न बहानामा लिइरहेको शुल्क बन्द गरियोस् । अङ्ग्रेजी र नेपाली भाषाका माध्यमबाट पढाउने नाममा गरिएको विद्यार्थी माथिको विभेद अन्त्य गरियोस् ।

६) निजी शैक्षिक संस्थाहरूद्धारा गरिएको पाठ्यपुस्तक, पोशाक लगायतका शैक्षिक सामाग्रीहरूको व्यापार बन्द गरियोस् ।

७) नेपालको भूभाग समेटिएको चुच्चे नक्सा पाठ्यक्रम/पाठ्यपुस्तकमा समावेश गरियोस् ।

८) निजी विद्यालयका शिक्षक कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोत अन्तर्गत रहेर काम गरिरहेका शिक्षक र कर्मचारी माथिको आर्थिक एवम् वौद्धिक शोषणको अन्त्य गरि श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराइयोस् ।

९) सम्पुर्ण शैक्षिक संस्थाहरूले सहिद परिवार, विपन्न र जेहनदार विद्यार्थिहरूलाई उपलब्ध गराउने १० प्रतिशत छात्रावृत्ति लक्षित वर्गमा पुग्ने गरि तत्काल कार्यन्वयन गरियोस् । विश्वविद्यालयहरूले प्रदान गरिने छात्रवृत्तिलाई लक्षित वर्गका विद्यार्थीहरूमा पुग्ने सुनिश्चितता गरियोस् ।

१०) कृषि, वन विज्ञान, चिकित्सा शिक्षा, इन्जिनियरिङ लगायतका प्राविधिक शिक्षामा स्थानिय निकायले छात्रावृत्ति/अनुदान लगायतको शैक्षिक प्रयोजनको लागि कम्तिमा २५ प्रतिशत रकम विनियोजन गरियोस् ।

११) जातिय छुवाछुत तथा भेदभाव लगायतका सम्पुर्ण विकृति, विसङ्गतिको अन्त्य गरियोस् ।

१२) आर्थिक रुपमा कमजोर विद्यालयहरूलाई राज्यले अभिभावकत्व ग्रहण गरि आर्थिक व्यवस्थापन गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :